balatkar
१४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
Lokmani Rijal

देश पोष्ट/ खोटाङ । सर्लाहीमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सोमबार बिहान दाउरा खोज्न गएकी सर्लाहीको बलरा नगरपालिका–४ मा १४ वर्षकी किशोरीलाई ४ जना युवाले सामूहिक बलात्कार गरेको स्थानीयले बताएका छन् । तर, सर्लाहीका एसपी कृष्ण प्रसाईले दुई जनाले मात्र बलात्कार गरेको जिकिर गरेका छन् । बलात्कृत किशोरी बलरा नगरपालिका–५ घर भएकी मुस्लिम समुदायकी हुन् । प्रहरीलले आरोपीको नाम सार्वजनिक गर्न अस्वीकार गरेका छ । बलात्कारमा ४ जना संलग्न भएपनि प्रहरीले २ जनालाई मात्र पक्रेर अरु दुईजनालाई उम्काउन खोजेको स्थानीयले आरोप लगाएका छन् ।