bank
लोकसेवा आयोगका अध्यक्ष रेग्मीद्धारा रा.वा.बैंकको २५७ औं शाखा उद्घाटन ।
Lokmani Rijal

देश पोष्ट /खोटाङ । जिल्लाको रावाबेसी गाँउपालिकाको केन्द्र हरमटारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय उद्घाटन भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधब प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सिइओ ,प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ लगाएत प्रदेश इन्चार्जको समेत उपश्थिीती रहेको थियो । नेपाल सरकारको पुर्ण स्वामित्व भएको क बर्गको वाणिज्य बैंक स्थापना भए संगै स्थानियहरुको एैसेलुखर्क र दिक्तेल धाउनुपर्ने हैरानीको अन्त्य भएकोले जिल्लाको रा.वा.बैंक पछाडी दोस्रो स्थानमा उक्त बैंकको अबस्था चाँडै पुग्ने लक्ष राखिएको कार्यक्रममा शुभकामना दिने क्रममा रावाबेशी गाँउपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो । २०२२