bidhyut
देशकै सबैभन्दा ठूलो सबस्टेशन, सोमबार प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा उद्घाटन हुने ।
Lokmani Rijal

देश पोष्ट /काठमाण्डौं । नेपालको सबैभन्दा ठूलो क्षमताको ढल्केबर सबस्टेशनको यही माघ १९ गते सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन हुने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उद्घाटन गर्न लागिएको उक्त सबस्टेशन हाल सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो हो । सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनु भएको छ । निर्देशक शाक्यका अनुसार मुलुकभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो