bigyapan board
जिल्लाका कृयाशिल पत्रकारहरुसग विज्ञापन बोर्डका अध्यक्ष हुमागाईको अन्तरक्रिया
Lokmani Rijal

देश पोष्ट खोटाङ । जिल्लाको छापा माध्यम, विद्युतिय सञ्चार एवम् अनलाइन मिडियाको वर्तमान अवस्था सम्भावना र चुनौतिको सवालमा जिल्लाका कृयाशिल पत्रकारहरुसग विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईको अन्र्तक्रिया भएको छ । छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन र भुक्तानीको विषयमा शुक्रबार भएको छलफलमा अध्यक्ष हुमागाईले हालसम्म सरकारले बजेट भाषणमा न्यूज पोर्टललाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने नीति ल्याए पनि बजेट व्यवस्था गर्न नसकेकोले दुरदराजमा सञ्चालित अनलाइन मिडियाहरु मारमा परेको बताउनुभयो । अध्यक्ष हुमागाईले लोककल्याणकारी विज्ञापनका लागि एफएम/भिटी जस्ता विद्युतीय सञ्चार माध्यमले १५ पुसभित्र सूचीकरणका लागि आवेदन आव्हान गरिएको जानकारी दिनुभयो । अध्यक्ष