chhathar gaupalika
उत्कृष्ट १२ कर्मचारीलाई सम्मान गर्दै छथरको दशौं गाउँसभा सम्पन्न ।
Lokmani Rijal

देश पोष्ट /तेह्रथुम । जिल्लाको छथर गाउँपालिकामा बर्षभरीमा उत्कृष्ट काम गर्ने १२ कर्मचारीहरुलाई सम्मान गर्दै दशौ गाउसभा तथा छैटौं बजेट अधिबेशन सम्पन्न भएको छ । गत बिहिवार सम्पन्न भएको सभाबाट आगामी आ व २०७९/८० का लागि ४३,१२,२६,००० बराबरको बजेट सार्बजनिक गरेको हो । मुलत शिक्षा ,स्वास्थ, कृषि, खानेपानी र पूर्वाधार बिकास जस्ता बिषय लाई प्राथमिकतामा राख्दै बजेट निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष तारा खरेलले जानकारी गराउनु भएको हो । दशौं गाउँसभाको अबसरमा बर्षभरीमा गाउँपालिकाको कार्यप्रगतीमा उत्कृष्ट काम गर्ने,नागरिकहरुको सेवा प्रबाहमा महत्वपूर्ण योगदान पुर्याउने १० कर्मचारी र २ शिक्षकलाई निरन्तर कार्यप्रतीको हौसला