नयाँ नेतृत्व चयनका लागि मतदान सुरुः कांग्रेस

 Lokmani Rijal

देश पोष्ट खोटाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टाभन्दा ढिला मतदान सुरू भएको हो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका रहेको छ । मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ । ती मतदान केन्द्रहरुमा भोट खसाल्न प्रतिनिधिहरु लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ । महाधिवेशनबाट सभापति

राजनीति  संग सबंधीत छ |

१४औँ महाधिवेशन सुरु : कांग्रेस

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आजदेखि हुँदैछ । १४औँ महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुदैछ । महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ ।

Social News, राजनीति  संग सबंधीत छ |

खोटाङका भूपेन्द्र राई कांग्रस प्रदेश १ को महामन्त्रीमा निर्वाचित

 Lokmani Rijal

देश पोष्ट खोटाङ । नेपाली कांग्रेस १ नम्बर प्रदेश समितिको महामन्त्री पदमा खोटाङका यूवा नेता भूपेन्द्र राई निर्वाचित भएका छन्। राईले सभापति उद्धव थापाको प्यानलबाट महामन्त्री जितेका हुन् । महामन्त्रीका चार जना प्रतिष्प्रधीहरु थिए । प्रतिष्प्रधीहरुमध्ये सबैभन्दा बढि ८ सय २४ मत ल्याएर महामन्त्री पदमा राई निर्वाचित भएका हुन । र


काँग्रेस अधिवेशन : प्रदेश १ मा मतदान सुरु

 Lokmani Rijal

देश पोष्ट खोटाङ । नेपाली काँग्रेस प्रदेश १ को मतदानसुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि तोकिएको थियो । तर मतपत्रमा तीन जनाको नाम छुटेपछि ५ घण्टा पछि मतदान शुरु भएको हो । मतपत्रमा नाम छुटेका तीन जनालाई सर्वसम्मत गर्ने सहमतिपछि नेपाली काँग्रेस प्रदेश १ को मतदान प्रक्रिया अघि बढाउने तयारी भएको छ। मतपत्रमा नाम छुटेका जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा) र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने निर्णय भएको निर्वाचन समितिका अधिकृत भरत थापाले बताए ।


१६ जिल्लाको अधिवेशन स्थगित :कांग्रेस

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगितगरिएको जानकारी दिएको हो । कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन हुन बाँकी रहेको छ । यी जिल्लाको अधिवेशन अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।


समाचार
आगलागी

बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

बराहापोखरी गाउँपालिका

बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

बलात्कार

खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

जिल्ला प्रशासन कार्यालय खोटाङ

खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने

जिल्ला प्रशासन कार्यालय खोटाङ

चाडपर्व आएसँगै खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या बढ्दो