corona le xodena upameyor chaudharilai
छोडेन कोरोनाले उपमेयर चौधरीलाई ।
Lokmani Rijal

देश पोष्ट /काठमाण्डौं । भेरिएन्ट सहितको दोस्रो चरणको कोरोना भाइरसको संक्रमणको कारण सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाकी उपमेयरको देहबसान भएको जानकारी प्राप्त भएको छ । सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीलाई दुई हप्ता अघिदेखि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या हुने लगायतका लक्षण देखिएपछी विराटनगरमा रहेको विराट नर्सिङ होम तथा विराटनगर अस्पतालमा उपचार गराउदै आएको पारिवारिक श्रोतले जनाएको छ । उपचारको क्रममा आज बिहान ४ बजे उपमेयर आशा चौधरीको ज्यान गएको सप्तकोशी नगरपालिकाले जनाएको छ । गर्भवती समेत रहेकी उपमेयर चौधरीलाई शुरुमा शरिरिक असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचार गराइएको थियो ।