corona sankramit
कोरोना संक्रमितलाई घरमै श्वास्थ्य सामग्री बितरण ।
Lokmani Rijal

देश पोष्ट काठमाण्डौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.–१ को कार्यालयले कोभिड–१९ बाट संक्रमितलाई घरमै पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिड–१९ बाट संक्रमण पुष्टि भएपछि हाल होमआइसोलेसनमा वसिरहेका संक्रमितलाई वडा कार्यालयले मास्क र सेनिटाइजर वितरण गरेको वडा अध्यक्ष टंक प्रसाद आचार्यले जानकारी दिनु भएको छ । वडा कार्यालयकै आन्तरिक श्रोतबाट खरिद गरेर १५ संक्रमितलाई घर–घरमा पुगेर जनही एक बोत्तल सेनिटाइजर र १० वटा मास्क वितरण गरिएको दिक्तेलका वडा सदस्य प्रकाश श्रेष्ठले बताए । संक्रमितहरु होमआइसोलेसनमा बसिरहेको बेला अन्यलाई संक्रमण सर्ने भएकाले सो को न्युनिकरणका लागि जनचेतना अभिबृद्दी