covid 19
थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
Lokmani Rijal

देश पोष्ट /खोटाङ । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । २७९ पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै सो अवधिमा दुई जना कोरोना भाइरस संक्रमणमुक्त हुँदा १५ हजार ५५९ जना कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल नेपाल भर सक्रिय संक्रमितको संख्या ४२ रहेको छ ।
६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २० पुग्यो
Lokmani Rijal

देश पोष्ट /खोटाङ । पछिल्लो २४ घण्टामा देशभर ६ कोरोना संक्रमित थपिएका छन् । एक हजार १९ वटा नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज तीनजना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ४४४ जना सक्रिय कोरोना संक्रमित
Lokmani Rijal

देश पोष्ट/ खोटाङ । नेपालमा पछिल्लो २४ घण्टामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ७७८ जनामा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् भने कसैको मृत्यु भएको छैन ।
कोरोना संक्रमीतको संख्या घट्दै, थप ६ जनामा संक्रमण
Lokmani Rijal

देश पोष्ट /खोटाङ । देशभर कोरोना संक्रमीतको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ जनामा गरिएको नमुना परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
थप ११९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि
Lokmani Rijal

देश पोष्ट/ खोटाङ ।नेपालमा थप ११९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ८४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८९ जना तथा एन्टिजेनबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १९१ पुगेको छ ।