cyber aparadha
दुई जना युट्युबर पक्राउ
Lokmani Rijal

देश पोष्ट /खोटाङ । काठमाडौंबाट युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूलाई बुधबार पक्राउ गरेको हो। प्रहरीका अनुसार परियार नेपाल मिडिया नामक युट्युब च्यानल सञ्चालन गर्थे। यसैगरी, चिलवाल विशाल नेपाल नामक युट्युब च्यानल चलाउँथे। उनिहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमा महिलालाई ब्ल्याकमेल गर्ने भारतीय नागरिक पक्राउ
Lokmani Rijal

देश पोष्ट/ खोटाङ । प्रहरीले सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएप मार्फत ब्ल्याकमेलिङ गरेको आरोपमा काठमाडौंबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तरप्रदेशस्थित कोपागञ्ज घर भएका ३१ वर्षका मोहम्मद सालीम पक्राउ परेका छन् । उनलाई कलंकीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उक्त महिलाको सालीमसँग बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्दा चिनजान भएको थियो । दुबईबाट फर्केपछि नेपालमा आएर सालिमले ती महिलालाई भेट्न होटलमा बोलाएका थिए ।तर होटलमा भेट्न नगएपछि अश्लिल फोटो बनाएर फेसबुक र ह्वाट्एपमार्फत आफन्तलाई पठाउनुका साथै महिलाको नाममा नक्कली