FNJ khotang
स्वास्थ्य सावधानी अपनाई काम गर्न नेपाल पत्रकार महासंघ खोटाङ शाखाको अपिल
Lokmani Rijal

देश पोष्ट/ खोटाङ । कोभिड–१९ को महामारी जिल्लामा दिनानुदिन बढिरहेकाले स्वास्थ्य सावधानी अपनाएर कार्यक्षेत्रमा खट्न नेपाल पत्रकार महासंघ खोटाङ शाखाले पत्रकारलाई आग्रह गरेको छ । जिल्लामा कार्यरत पत्रकार/सञ्चारकर्मीलाई सकेसम्म घर वा कार्यालयमै रहेर काम गर्न, रिपोर्टिङका लागि बाहिर निस्कनुपर्ने अवस्था भएमा स्वास्थ्य सुरक्षा सम्वन्धी उच्च सतर्कता अपनाएर जिम्मेवारी वहन गर्न आग्रह गरिएको छ । महासंघका अध्यक्ष दिलीप खत्रीले जारी गरेको विज्ञाप्तीमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा नीति र मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र गराउनेक्रममा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउनका लागि उचित वातावरण बनाउन जिल्लास्थित जनप्रतिनिधि, प्रशासन, प्रहरी,