foreign employment
अन्तराष्ट्रिय आप्रवासी दिवशको अबशरमा बिदेशबाट फर्किएर स्वदेशमै स्वरोगार गर्नेलाई नगरको सम्मान ।
Lokmani Rijal

देश पोष्ट /खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तराष्ट्रिय आप्रवासी दिवशको अबशरमा बिदेशबाट फर्किएर स्वदेशमै स्वरोगार गर्नेेलाई नगद सहित सम्मान पत्र प्रदान गरेको छ । सचेत सीपमुलक र सुरक्षित रोजगार मार्यादित श्रम आप्रबासनको मुल आधार भन्ने मुल नाराका साथ बिश्वभर आज डिसेम्बर १८ आप्रवासी कामदारहरुको सम्झना र सम्मानमा अन्तराष्ट्रिय आप्रवासी दिवश मनाइएको छ । उक्त दिबशको अबसरमा खोटाङमा भने सरोकारवालाहरु संग अन्तरक्रिया एबं बैदेशिक रोजगार बाट फर्किएर बिदेशको सिप र कमाईलाई स्वदेशमै सदुपयोग गरी स्वरोजगार गर्ने ५ जनालाई सम्मान गर्दै सम्पन्न भएको छ । हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको प्राविधिक