सिन्धुपाल्चोक, २५—मंसिर । सिन्धुपाल्चोक जिल्ला अन्तर्गत पर्ने अरनिको राजमार्ग भित्रको एउटा गाउँपालिका हो लिसंखुपाखर गाउँपालिका । सोहि गाउँपालिकाको एउटा होनाहार प्राविधिक हुन् राजेन्द्र सापकोटा ।
सापकोटा सिन्धुपाल्चोककै चौतारा साँगाचौक नगरपालिकाका स्थानिय वासिन्दा हुन् । उनी २०७५ पौष देखि लिसंखुपाखर गाउँपालिकामा आएका हुन् । उनको कामको हिषाव किताब गर्दा उनि प्रशासन, लेखा र प्राविधिक सवै क्षेत्रमा सहयोग पु¥याउँछन् ।
उनको दैनिकि विहान ६ बजे देखि नै एसरि सुरु हुन्छ, उनि विहान ६ वजे उठ्छन् र अघिल्लो दिनको बाँकि रहेको कामको दैनिकि हेर्छन् र सेवाग्राहिलाई फोन गर्छन् । काम सकियो आउनुस है भन्छन् उनि । सेवाग्राहिले सोध्छन्, काम सकियो र ? तर उनि भन्छन् विहानै उठँ,े तपाईँहरुको काम सकिसके किनकि अर्को वडाको काम पनि भ्याउनु छ नि त, चाँडै आउनुहोस्, ८ बजेनै सेवाग्राहि आउँछन् वडा कार्यालयमा । उनै प्राविधिक हुन् राजेन्द्र सापकोटा, जो लिसंखुपाखर गाउँपालिकाको वडा नं. ४ सँगै वडा नं. १ को पनि काम गर्छन् ।
भ्याई नभ्याई काम गर्दा पनि सुख छैन सापकोटालाई, उनि भन्छन् प्रकृया पुरा नगरि आउँछन्, प्राविधिकलाई दुख दिन्छन् । तर हाम्रो काम हा,े जनताको कर बाट हामि सन्चालित छौँ, हामिले सेवा त दिनै प¥योनि ?
उनि भन्छन् हामि प्राविधिकले दिएको सेवामा को नै खुसि हुन्छर हजुर ? प्राविधिक कुरा कसैले बुझ्दैनन्, तर हामिले मापदण्ड अनुसारको काम त गर्नैैै प¥यो । गाउँमा काम गर्नुको पिडा नत सरकारले बुझ्छ न चै सेवाग्राहिले बुझ्छ, हामि प्राविधिकलाई सधैँभरि पिडा छ ।
हामि साँझ विहान केहि नभनि काम गरि रहेका छौँ, हामिलाई हेर्ने नजर भने सधैँभरि नकारात्मक छ । यो भोगाई हो लिसंखुपाखर गाउँपालिका वडा नं. ४ का प्राविधिक राजेन्द्र सापकोटाको ।
दुई वडाको गरेर लगभग एक करोड पचास लाख बराबरको योजना एक्लैको जिम्मेवारिमा छ । यो सामान्य चुनौती होईन, तर पनि विहान, सााझ र वेलुका नभनि काम गरिरहेका छन् सापकोटा, राज्यले एस्तो गम्भिर विषयमा कहिले ध्यान पु¥याउला ?
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]