खोटाङ,१५ पौष २०७६ । सामान्यतया राज्यबाट आई.टि. अफिसरहरुले कार्यालयमा सूचना तथा प्रविधिको रुपमा काम गर्ने भनी जिम्मेवारी पाएका हुन्छन् । तर खोटाङ जिल्लाको दक्षिणि भेगमा रहेको बराहपोखरी गाँउपालिकाका सूचना तथा प्रविधी अधिकृत सुजिब तामाङ भने कर्मचारीको अभाबमा प्रसाशन देखी कार्यालय ब्यबस्थापन सम्मको कार्य आँफै गर्दै आएकाछन् ।
कुल २८ जनाको दरबन्दि रहेको उक्त गाँउपालिकामा हाल १० जना कर्मचारी रहेको बराहपोखरी गाँउपालिका अध्यक्ष शालिकराम बञ्जराले जानकारी गराएका छन् । तर कार्यालयमा कर्मचारीको अभाब हुँदा उनै आई.टि. अधिकृत सुजिब तामाङको भ्याई नभ्याई भएको अबस्था देखिन्छ । सरल स्वभावका तामाङ सेवाग्राहीहरु संग कहिल्यै नरिसाउने सेवाग्राहीहरु बताउछन् ।
गत सोमबार साझ ५ बजेतिर १०÷१२ जना सेवाग्राहीलाई बिना झिजो उनै कर्मचारी तामाङले जनता आवास कार्यक्रम सम्बन्धि कागजात तथा अन्य सिफारिस को काम गरिरहेको अबस्थामा हाम्रा देशपोष्ट सम्बादाताले उनी संग किन राती सम्म सेवा ? भन्ने प्रश्न गर्दा कार्यालयमा कर्मचारी को अभाबको कारणले जनताले दुःख नपाउन भनेर सकेको सेवा दिएको कर्मचारी तामाङले ब्यक्त गरेको कुरा हम्रा खोटाङ स्थीत सम्बादाताले जानकारी दिएकाछन् ।
यो प्रतिनिधीमुलक घटना मात्र हो । स्थानिय तह सञ्चालनको लागि कार्यालयको भवनको अभाब देखी कर्मचारीको अभाब दुर्गम क्षेत्रको तितो यथार्थ हो । भएका कर्मचारी पनि पालैपालो बिभिन्न बहानामा बिदामा बस्ने र कार्यालयमा भएकाहरुले सबैको जिम्मेवारी बहन गर्नुपर्ने अबस्थालाई साथै कोटा अनुसारको कर्मचारी सम्बन्धित निकायमा नखटाउनुको पराकाष्ट स्थानिय सेवाग्राहीले कहिले सम्म खेप्नुपर्ने हो यो पिडा ? त्यसको उत्तर कसले दिने हो ? घण्टौ हिडेर कार्यालय पुग्दा कर्मचारी नभएपछी दिक्क लाग्ने गरेको आम सेवाग्राहीहरुको गुनासो रहेकाछ । एस्ता खालको सम्स्यालाई समाधान गर्न सम्बन्धित पक्षको कहिले ध्यान पुग्ला यो सबैको पर्खाइको बिषय हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]