२४ माघ २०७६ काठमाडौ । अमेरिकाको आर्थिक अखबार सीइओ वल्र्डले विश्वका १३२ देशको सर्वेक्षण गरेको तथ्याङ्कका अनुसार युरोपेली देश स्विटजरल्याण्ड विश्वको सबैभन्दा महँगो देश बनेको छ । ८६ लाख आवादी रहेको सुन्दर देशहरुमध्यको एक स्विटजरल्याण्ड सबैभन्दा महँगो देशहरुको सूचीमा पहिलो स्थानमा परेको छ ।
करिब ५४ लाख आवादी रहेको देश नर्वे उक्त सूचीमा दोस्रो स्थानमा र ३ लाख ६३ हजार जनसंख्या रहेको आइसल्याण्ड तेस्रो स्थानमा परेको छ । महँगो देशको सूचीमा नेपाल १ सय २२ औं स्थानमा रहेको छ भने सस्तो देशको सूचीमा यो ११ औं स्थान हो ।
सबैभन्दा महँगो एसियाली देश जापान उक्त सूचीमा चौथोमा परेको छ । त्यसलाई पछ्याउँदै सिंगापुर नवौं स्थान र दक्षिण कोरिया १० औं स्थानमा परेका छन् । त्यसैगरी दोस्रो ठूलो अर्थतन्त्र भएको चीन महँगो देशको यो सूचीमा निक्कै तल ८० औं स्थानमा परेको छ भने अमेरिका २० औं नम्बरमा छ ।
विश्वको सबैभन्दा सस्तो देशको सूचीमा पाकिस्तान पहिलो स्थानमा परेको छ । दोस्रोमा अफगानिस्तान र तेस्रोमा भारत परेको हो । साभारःनेपाल समाचारपत्र दैनिकबाट
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]