५ फाल्गुण २०७६–काठमाण्डौ । चिनको हुवेई प्रान्तमा फैलिएको महामारी नोवेल कोरोना भाइरस प्रभावित नेपालीहरुलाई सरकारले नेपाल उद्दार गरेसंगै स्वदेश फर्कन पाएकोमा सरकारलाई धन्यबाद ज्ञापन गरेका छन् । उनिहरु भन्छन् हाम्रो पिडामा खुसी थपिएको छ । सरकारले ढिलै भए पनि आफूहरूको उचित व्यवस्थापन गरेको भन्दै खुसी व्यक्त गरेका हुन् ,यतिबेला सरकार अभिभाबक भएको महसुस भयो ।
सरकारले आफूहरूलाई फर्काएर उचित व्यवस्थापन गरेकाले डिप्रेसन हुनबाट जोगिएको उनीहरूको दाबी रहेको छ ।
सरकारले चीनमा रहेका १ सय ८५ जना नेपालीलाई नेपाल ल्याउने भनेपनि बिभिन्न कारणले १७५ जना प्रभावित नेपालीलाई आइतवार विहान उद्घार गरेर नेपाल ल्याएको थियो ।
उनीहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आवश्यक स्वास्थ्य जाँचपछि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइनमा बसिरहेका डा. जितसिंह भण्डारीका अनुसार सरकारले बासको राम्रो व्यवस्थापन गरेको छ । केही अप्ठ्यारो परे स्वास्थ्यकर्मी आउनुहुन्छ । हामी सबै जनालाई ज्वरो नाप्नका लागि थर्मोमिटरको व्यवस्था गरिएको छ । खाना तथा शौचालय बाथरुमको पनि राम्रो व्यवस्था छ । प्रत्येकलाई छट्टाछुट्टै बेडको व्यवस्था गरिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]