दिवस रिजाल,
फागुन २५ खोटाङ ।
खोटाङ जिल्लामा पहिलो पटक ब्लड बैँक सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला अस्पताल खोटाङको सहकार्यबाट नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा खोटाङ द्धारा सञ्चालित ब्लड बैँक सञ्चालनमा आएको हो ।
रक्त सञ्चारकेन्द्रको आफ्नै भवनमा आईतवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल, जिल्ला समन्वय प्रमुख ववि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौड्ेल लगायत ४ जनाको टोलिले ब्लड डोनेसन गरेर जिल्लामा पहिलो ब्लड बैँक उद्घाटन गरेका हुन ।
स्वस्थ्य शरिर र दिर्घ जिवनको लागि भएपनि हरेक तीन–तीन महिनामा ब्लड दिदा कुनै असर नगर्ने जिल्ला अस्पताल खोटाङका निमित्त मेडिकल सुपरिटेन्डेन डा. रोसन ग्वाँछाले वताए । उनले भने ब्लड दिदा शरिर कमजोर हुन्छ भन्ने भनाई सरासर गलत भएको जिकिर गरे,“ एउटा स्वस्थ्य मानिशको शरिरमा करिव ५ हजार एम.एल रगत हुन्छ ब्लड दिदा एक पिन्ट झिकिन्छ जसमा ३५० एम.एल हुन्छ यस्ले मानव शरिरलाई कुनै असर नगर्ने वताए । नगरपालिकाले ब्लड बैँक सञ्चालनमा चाहिने सम्पुर्ण आर्थिक पाटोका जिम्मा लिने नगर प्रमुख रिजालले वताए,“ उनका अनुसार राजधानी केन्द्रित सम्पुर्ण खोटाङ्गे जनतालाई समेत सेवा सुविधा उपभोग गर्न पाउने वताए । नगर प्रमुख रिजालले भने अव नगरपालिकाले चाडैनै ८ देखि १२ सम्मका विद्यार्थिहरुको ब्लड ग्रुप परिचय पत्र सहितको परिचय पत्र बितरण गरिने जानकारी दिए ।
हामि सवैले समन्वय गरेर अघाडी वढ्र्नु पर्ने भन्दै जिल्ला समन्वय समितिका तर्फवाट सदैव साथ सहयोग र सहकार्य गरिने समन्वय प्रमुख चाम्लिङले वताए । प्रमुख चाम्लिङ जिल्ला अस्पताल विकास समिति खोटाङका अध्यक्ष समेत रहेका छन । ब्लड बैँक सञ्चालन नहुँदा समेत जिल्लामा अहिले सम्म कुनै पनि व्यक्ति ब्लडको अभावमा मृत्यु नभएको जिल्ला अस्पताल खोटाङले जानकारी दिएको छ ।
विशेष गरि सुत्केरी महिलालाई गर्भवती भएको बेला तत्काल उपलव्ध गराउनु पर्ने हुन्छ जस्मा ब्लड बैँकको सेवा सुभारम्भ हुँदा जिल्ला वासीहरुमा खुसी छाएको छ । अपरेसन थ्रेटरमा ब्लड बैँक अनिवार्य भएको हुँदा आजको दिन देखि ब्लडको अभावमा अन्यत्र भौतारिने अवस्थाको अन्त्य भएको छ । ब्लड बैँक स्थापना नहुँदा तत्काल नेपाल रेडक्रस सोसाईटीका उप सभापति छत्रकुमार वजिमयलाई फोन गर्नु पर्ने हुन्थ्यो जसले रातको १२ वजे समेत आफैं उपस्थित भएर ब्लड दिने समेत गर्दथे । रेडक्रस परिवार वजिमयको यस्तो सामाजिक कामको सदैव तारिफ गरिरहने नेपाल रेडक्रस सोसाईटी खोटाङका सभापति कुमार सिंह वस्नेतले वताए । उनले भने अहिले पनि हामिले आर्थिकको पाटो देखि सम्पुर्ण जिम्मेवारी वजिमयलाई नै सुम्पिने वताए ।
ब्लड बैँक खोटाङमा हाल ३ जना कर्मचारी रहेका छन् जो तालिम प्राप्त अनुभवि एवं जवाफ देहि समेत रहेका स्वास्थ्य शाखा सम्योजक तिर्थराज आचार्यले वताए । ब्लड जम्मा भएको तर तत्काल उपभोग नभएको खण्डमा भने सिधा भक्तपुर ब्लड सर्कुलर सित सम्झौता भएको स्वास्थ्य संयोजक आचार्यले वताए । उक्त ब्ल्ड बैँकको भवन २०७५ चैत्र २५ गते चार कोठे भवन करिव ४४ लाखको लागतमा निर्माण गरिएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]