१६ चैत्र २०७६–खोटाङ । जिल्लाको दक्षिणीक्ष्ोत्र जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय सेलेवाका ३४ जनामा ज्वरोको समस्या देखापरेको जानकारी प्राप्त भएको छ ।
शुक्रबारदेखि फैलिएको ज्वरोले १२ वर्षमुनिका १२ जना र ४० देखि ६० वर्ष उमेरका २२ जना बिरामी परेको वडाध्यक्ष बिदुरमान राईले बताएकाछन् । टोलभरी ज्वरोको समस्या देखिएपछि शनिबार स्वास्थ्यकर्मीहरुलाई गाँउमै लगेर उक्त टोलीले बिरामीको स्वास्थ्य परिक्षण गर्दै औषधि वितरण गरेको वडा अध्यक्ष बिदुरमान राईको भनाई रहेको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलका अनुसार मौसम परिवर्तनका कारण उनीहरुमा ज्वरो र निमोनियको समस्या देखिएको हो , हाल बिरामीहरुको अवस्था सामान्य रहेको बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]