कमल प्रसाद तिमल्सिना
रुकुम पश्चिम को घटना निन्दनीय घटना हो, यसको जति निन्दा गरे पनि कमि हुन्छ । यहाँ मानिसको जीवन समाप्त भयको छ । घटना लाई कुन रूपमा हेर्ने भन्ने कुरो महत्वपूर्ण हुन्छ, मानिसको ज्यान जाने गरि घट्ने घटना अपराधिक घटना हो दोषी उपर कानुनि कारबाही हुन जरुरि छ , सम्बन्धित निकायले यसको छानबिन गरि कारबाही गर्ने छ ।
एक जोडी युवा र युवती प्रेम मा पर्छन उमेर २१ वर्ष को युवा र १७ वर्ष कि युवती उनि हरु एक अर्का लाई प्रेम गर्नु कुनै पनि कानुन ले रोक्दैन रोक्छ त केवल विवाह गर्न को लागि, यहाँ बिबाह भैसकेको अवस्था देखिदैन र यो प्रेम कहानी प्रेमी र प्रेमिका दुवै पक्षका अभिभावक जानकार भयको सामाचार बाट पुष्टि हुन्छ, किन भने कहिँ महिना अघि मात्र केटि पक्ष को उजुरी मा केटो पक्राउ परेको र पहरीले अहिले बिवाह गर्ने उमेर नपुगेको हुँदा केहि समय धैर्य गर्न सम्झाएर पठाएको देखिन्छ तर यो केटि पक्षले केहि समय कुराउने र छोरी को बिवाह उपल्लो जात को केटा खोजेर बिवाह गरि दिने अनि दलित केटो हेरेको हेरै हुन्छ भन्ने आशय को साथ भन्न लगाएको जस्तो देखिन्छ ।
यहाँ युबक अर्थात एक प्रेमी आफ्नो दलबल सहित प्रेमीका लाई साउथ इन्डियन फिल्म शैली मा लिन गयको भन्ने समाचार बाट दखिन्छ तर यो हुल कुनै हातहतियार बोकेर गएको देखिदैन, त्यसैले उनीहरु कुनै झडप को मानसिकता मा गएका थिएनन, केवल भावना मा बगेर मात्र देखिन्छ भने उनि हरु मा पनि उस्काहट भने हुनु पर्दछ । जसरि युवती पक्ष का आफन्त र गाउले हरु ले युवती को आमा लाई साथ दिएका छन् युवा पक्ष लाई पनि रानागाउँका समुदाएको पनि समर्थन हुनु पर्दछ । यहाँ दुई वटा समुदायको इगो पनि हुन सक्दछ ।
युवा युवती को उमेर एकदम संबेदनशिल उमेर देखिन्छ । यो उमेर मा युवा युवती ले कुनै जात धर्म हेर्दैन खाली कोरा प्रेम को नाम मुग्ध रहन्छन्, यो उमेरमा अभिभावकले भनेको सबै गलत आफुले सोचेको सबै सहि हो भन्ने सोच्ने उमेर हो यो हामि सबै ले पार गरेको छौ । घटना दलित र गैर दलित समुदायको बिच भएको प्रेम सम्बन्ध गैर दलित परिवार ले नस्विकार्नु ले घटेको देखिन्छ । आज को २१ औ सताब्दी बदलिलो आधुनिक सभ्यताको समयमा समाज मा यस्तो घटना घट्नु हाम्रो समाज को बिडम्बनापूर्ण छ । हामि नेपाली ले विभिन्न कालखण्ड मा विभिन्न प्रकारको आन्दोलन गरि प्राप्त लोकतान्त्रिक मुलुक मा यस्तो घटना हुनु बिश्व समुदायमा लज्जा को बिषय हो ।
यस घटना को बिषय मा बिभिन्न मिडिया सामाजिक संजाल आदि मा विभिन्न प्रकार का टिका टिप्पणी भएको देखिन्छ । एक पक्ष ले यो कथित उपल्लो जातले दलित समुदाय भएको कारण ले गरिएको नरसंहार भनेको देखिन्छ त कसैले ले अपहरण शैली मा आएका एक हुल जत्था लाई गाउले ले लखेट्दा नदि मा फाल हाली प्राण त्याग गरको हो भन्ने लेखेको देखिन्छ भने कुनै समाचार मा पिटी पिटी मारेर नदि मा फालिदिएको भन्ने सुनिन्छ र तिन जना को सब भेटिसकेको र अरु तिन जना को खोजि भैरहेको भन्ने समाचार सुनिएको छ । अहिले को अवस्थामा पोस्टमार्टम भै नसकेको अवस्था देखिन्छ, पोस्टमार्टम रिपोर्ट ले अझ सत्य कुरा बाहिर ल्याउछ भन्ने कुरा को आशा गर्नु पर्दछ । घटना को प्रकृति सुन्दा यो निर्मम बर्बर घटना छ यसको निष्पक्ष छानबिन हुन्छ भन्ने विश्वास लिनु सिवाय अर्को विकल्प देखिदैन ।
घटना घटी सकेको छ अब बाँकी छानबिन गरि दोषी उपर कारवाही गर्नु को विकल्प देखिदैन तर यहाँ यो घटना ले राजनीतिक गर्नेको लागि गरमा गरम बिषय बनेको देखिन्छ ,कामना गरौ यो राजनीतिक मुद्दा नबनोस र दोषी ले उन्मुक्ति नपाउन र पिडित पक्षले न्याय पाउनु यो अधिकार हो । कुरा न्याय मात्र हैन अब भोलि को दिन मा यस्ता घटना नघटोस, दलित र गैर दलित बिच को बिभेद लाई कसरि अन्त्य गर्ने हो, अब भोलि को दिन एउटा दलित भनिएको समुदाएको युबाले गैर दलित भनिने समुदायको युबतीको हात माग्न आफ्नो अभिभाक लिएर जान सक्ने वातावरण कसरि निमार्ण गर्ने भन्ने बिषयमा ध्यान जानु जरुरि देखिन्छ ।
अर्को तर्फ बिवाह गर्ने उमेर २० बर्ष पारि हो र त्यो भन्दा कम उमेरको बिवाह गर्ने गराउने सबै लाई कारबाही हुन्छ भन्ने बिषय मा बृहत जनचेतना तथा परामर्श को कार्यक्रम लिएर समुदाय मा जानु पर्ने देखिन्छ । प्रेमिका भगाउने निउँमा दलबल सहित जानु पनि गैर कानुनि हो भन्ने कुरा बुझाउनु पर्ने देखिन्छ । यसको लागि जो मरेका छन् उनीहरु मर्नु को पछाडी देखिने दोषी लाई हदै सम्म को कारवाही हुनु पर्दछ ।
जसले ति युवा जो आफ्नो प्रेमिका को लागि ज्यान दिएका छन् उन लाई दलबल सहित सहयोग गर्ने जो भागेर ज्यान बचाएका छन उनि हरु पनि घटना घटाउन उतिकै जिम्बेवार भएको हुँदा कानुन अनुसार दुवै लाई कारबाहीको दयारा मा ल्याउनु पर्दछ। भोलि फेरी अर्को यस्तो घटना नघटोस हाम्रो समाज मा, जय होस् ।
लेखक ः इन्जिनियरिङ परामर्श क्षेत्रमा क्रियाशिल रहेकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]