२४ जेठ २०७७–काठमाडौं । पछिल्लो समय सरकारले विदेशबाट आएर तोकिएको मापदण्ड अनुसार १४ दिन होटल क्वारेन्टाइनमा बस्न चाहनेहरुका लागि काठमाडौं, पोखरा तथा चितवनमा रहेका होटलको विवरण सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पोखरा र चितवनका केही बाहेक अधिकांश काठमाडौंका होटलको बेड क्षमतासहितको विवरण सार्वजनिक गरेको जनाएको छ । बिदेशबाट कोरोना जाँचका आधारमा नेपाल आउन चाहने हरुको लागि सम्बन्धित राजदुताबास मार्फत फर्म भरेर गत २३ गते देखी नेपाल ल्याउन थालिएको हो । हिजै मात्र म्यानमार र युएई बाट नेपालीहरुलाई नेपाल ल्याईएको छ भने नेपाल आएकाहरुले तपशिलको होटल क्वारेन्टाइनमा छानेर बस्न पाउने जनाइएको छ ।
ग्रान्ड होटलमा ७० कोठा, एयरपोर्ट होटलमा ५०, होटल बैशालीमा ८५, सुमित रेसिडेन्सीमा ५० कोठा, होटल मस्याङ्दीमा ७०, प्लाटिनम होटलमा ४० कोठा, होटल मनाङमा ५० कोठा, होटल ल्यान्डमार्क पोखरामा ९० कोठा, होटल मुनलाइटमा ६९ कोठा, होटज सवरिनामा ३५, होटल ल्यान्डमार्क काठमाडौमा ४५ कोठा, होटल कमलमा १५, पार्क भिलेज रिसोर्टमा ५० कोठा उपलब्ध छन् ।
यस्तै होटल क्राउन प्लाजामा ३३, होटल प्रिन्स प्लाजामा २०, होटल शिबराम प्लाजामा ३५, होटल गणेश हिमालमा ३०, होटल थोरङपिकमा २२, लाफा होटलमा २०, होटल रिडर्समा ५०, होटल एभरेष्ट माउन्ट होलिडेमा १२, होटल मिराज लर्डस् इनमा ४५ कोठा, होटल याम्बुमा ३५, होटल फेमेली होममा १९, शिव शंकर होटलमा १५, होटल रिभरमा १८, काठमाडौं सिटी होटलमा १२, लेन्डमार्क फरेष्ट पार्क चितवनमा ६५, लोटस बुद्ध इनले २०, होटल भ्यु भक्तपुरमा २५, आर्य तारामा ४१, होटल कैलासमा २५, होम ओसो होममा १८, उडल्यान्डले ३०, होटल एक्सेस नेपालमा ३१ वटा कोठा रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
पिलग्रिम्स होममा ५५, आमदाबलम होटलमा ६३, व्युटिफुल काठमाडौं होटलमा २०, च्वाइस होटलमा १७, होटल नेपालयमा ३८, शिव तिरुपतिमा ३८, होटल भ्यु भ्रिकुटीमा ९१, होटल क्यासस्क्याडमा १७, ड्रिमल्यान्ड होटलमा ५० तथा स्विस इन्टरनेशनलमा ५० कोठा, सीजी ग्रुप अफ होटलमा ११० कोठा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर उक्त होटलमा लाग्ने खर्च भने बस्ने आफैले तिर्नुपर्ने जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]