३१ जेठ २०७७–खोटाङ्ग । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण लकडानको मारमा परेकाहरुलाई जिल्लामा सञ्चालित वालसेवा समाज नेपालले राहत बितरणको नयाँ मोडल अबलम्बन गरेको जनाएको छ ।
यसबेला हुनेले नहुनेलाई,राज्य सरकार ले जनतालाई वा राज्यलाई सघाउन गैरसरकारी क्षेत्र एबं सामाजिक अभियान्ता हरुबाट नागरिकहरुको समस्यालाई बिभिन्न राहतका प्याकेजहरु सञ्चालन भइरहेको छ । यसै सन्दर्भमा वालसेवा समाजले भने नयां मोडलको राहत बितरण गरेको जानकारी दिएको छ ।
वालसेवा समाज नेपाल द्वारा सञ्चालित WE-FEEL परियोजनाको सहयोगमा नगरभित्रका १ हजार घरधुरीलाई ३३ लाख बराबरको राहत बितरण गर्नेे योजनाका साथ लागेको भएपनि आबस्यकताका आधारमा १ हजार ४ सय ४१ परिवाराई राहत बितरण सम्पन्न गरिएको परियोजना प्रबन्धक युबराज रिजालको भनाई रहेको छ ।
सम्भब भएसम्म स्थानिय उत्पादकको सामग्री लिएर स्थानियलाई बितरण गर्ने रणनितीका साथ लागेको परियोजनाले पछिल्लो समय नगरपालिकाको बुइपा,पाथेका र खार्मीका ८ वटा कृषि समुह का करिब २५० परिवारलाई जिबिकोपार्जन र आयमुलक काममा राहत बितरण गरेको जनाएको छ ।
मानव जिबनमा बिपत्तीहरु आइरहन्छन् ,कहिले मानब निर्मित कहिले प्राकृतिक प्रकोप तर बिपत्तीबाट सामान्य जिबनमा फर्काउन एबं दिगो र आयमुलक क्षेत्रमा राहत बितरण गर्नुपर्छ भनेर राहतको रुपमा २५० कृषकलाई करिब ६ लाख बराबरको १ हजार बोट एभोकाडो, १ हजार ८ सय बोट सुन्तला र ३ हजार ७ सय बोट कागतीको बिरुवा बितरण गरिएको प्रबन्धक रिजालको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]