• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / राजनीति

“अन्योल बर्तमान  भित्रको भबिस्य”

३१ जेष्ठ २०७७, शनिबार ०८:४८ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • ५४७ पटक पढिएको
  • विप्लवी तेन्जु योन्जन

    जुनै पनि मुलुकको समृद्धी आउने बिषयमा बर्तमान स्थितिलाई गहिरो तरिकाले अध्यन गर्दै जादा मुलुक भित्र सुसानले मुख्य भुमिका खेलेको पाइन्छ। जो कुनै पनि देशको वर्तमानमा रहेको
    संरचना तथा भौतिक आधारभुत आबश्यक्ता परिपुर्तिको निमित मुलुकमा सामाजिक, आर्थिक र राजनैतिक अवस्थाको शूक्ष्म रुपले विश्लेषण गर्नु आबश्यक हुन्छ। जहाँ मुलुकको भविश्य वारे विभिन्न तरिका बाट आध्यन थालिन्छ त्यस स्थितिमा मुलुकको भबिस्यबाणी सजिलै सग अडकल काट्न सकिन्छ।

    देश भित्र अमन चयन भएर देश हाक्छु भनी जनता द्वारा चुनावको माध्यमले माथिल्लो ओदाहामा पुगेका शासकको नियत र उसले मुलुक संचालनमा अपनाउने नीतिले अल्पकालिन तथा दीर्घकालिन प्रभाव पार्ने गर्दछ। जुन मुलुकमा शासन गर्नेले राष्ट्रको उन्नतिमा नै आफ्नो उन्नति अनि सन्ततिको भविश्य सुरक्षित देख्छ त्यसपछि उसको लागि ब्यक्तिगत स्वार्थ गौण भएर जान्छ।

    जसको पलस्वरुप उसको मानसिक्तामा देशको माया अनि निस्वार्थ भावनाको बिकाश हुन सके न उसले भ्रष्टाचार गरेर आफ्नो स्वार्थको लागि सात पुस्ताको लागि पुग्ने सम्पत्ति कुम्ल्याउने मानसिक्ताको आवश्यकता देख्दछ न त तस्कर, दलाल र भ्रष्टाचार ,कमिसन जस्ता जघन्य अपराधिहरु संगको सहकार्यको नै आबश्यक पर्छ।जुन मुलुकको मूल नेतृत्वकर्ता इमान्दार छ, क्षमतावान छ र उसको एकमात्र लक्ष्य मुलुकलाई सुसासन ,समृद्ध , बनाउनु छ भने ऊ मातहतका नेता, मन्त्रीहरु, साथै सम्पुर्ण निकायहरु र कर्मचारीहरुको आचरण पनि सोहि अनुसार परिबर्तन हुदै जान्छ।

    तर दुस्ख लाग्दो कुरा आज नेपालका शासक वर्गमा व्यक्तिगत स्वार्थका लागि जसरी तछाड मछाड भइरहेको देखिन्छ त्यसवाट के देखिन्छ भने वाहिर जे जे वोलेपनि मुलुकको सम्बृद्धी न त उनीहरुको चाहना हो न त मुलुकलाई सम्बृद्ध वनाउन सकिन्छ भन्ने उनीहरुलाई विश्वास नै छ।नत साहास नै बोकेको छ। केवल कुर्सी र पद साथै आफ्नो स्वार्थको लागि सिंहदरबार छिरेका स्यालहरुले मुलुक समृद्ध हैन राष्ट्र घात गरिरहन्छ ।

    पूर्विय दर्शनका महान विचारक चाणक्यले आफ्नो भनाइमा स्पस्ट भनेका छन जुन देशमा असंख्य नेताहरु छन र जहाका जनताको चेतनाको स्तर शून्य छ भने त्यो देशको सम्बृद्धी असम्भव त छैन तर कठिन छ। उनको यस विचारलाई मनन गरि नेपालको विश्लेषण गर्ने हो भने आजको परिस्थितीमा गुज्रिएको मुलुक सामाजिक, आर्थिक, राजनैतिक र नैतिक रुपले यसरी जर्जर हुनुको पहिलो प्रमुख कारण उनले भनेझै विभिन्न उद्देश्यका साथ विभिन्न पृष्टभूमीका ब्यक्तिहरुको राजनीति प्रतिको आकर्षण हो जस्ले गर्दा मुलुकमा असंख्य नेताहरु उदाए भने अर्को प्रमुख कारण जनताको चेतनाको स्तर नै हो।

    संसारकै थोरै मुलुकहरु मध्ये नेपाल पर्दछ जहा छोटो समयमा नै राजनीतिलाई पेशा बनाएकाहरुले मुलुक बिकसित बनाउने , आफ्नो आम जनतालाई आत्मानिर्भर बनाउने सपना देख्दैन तर आफ्नो नाम, दाम र मान प्राप्त गर्न जत्रो सुकै कठिनाइ पनि सहजै पारगर्न तयार हुन्छ। र यो नै त्यस्तो मुलुक हो जहा हजारौ हजार ब्यक्तिहरुले आफ्नो पेशाको रुपमा अप्नाउने राजनीति वाहेक केहि देखिदैन तर उनीहरुले छोटो समयमा आर्जन गरेको सम्पत्ति ठूला ब्यवसायिक घरानाको भन्दा बढी छ भन्ने कुरा उनीहरुको पारिवारिक रवाफले स्पस्ट देखाईरहेको हुनेछ ।

    अर्को तर्फ चुनावमा नाजायज घोषणा पत्र बनाई जनताको अभिप्रायलाई बलात्कार गर्दै झुटको खेती गर्दै गाउँ बस्तिमा मतदान गर्नु र नारा, जुलुस तथा बन्द,हड्ताल, आन्दोलन गर्नुलाई नै चेतना भन्ने हो भने आफ्नै अगाडी गुन्डागर्दी , भ्रष्टाचार , विभिन्न जघन्य अपराधमा संलग्न रहेर पटक पटक अदालातमा मुद्दाको चाङ लागिरहेको कुख्यात गुण्डाहरु, बलात्कार , यौन कान्डमा मुछिएर उसमाथी परेको मुद्दा बिचाराधिन अबस्था रहदा रहदै पनि कुनै पनि पार्टीको टिकट दिएर चुनावी मैदानमा उभ्याएर अपराधीलाई नै अत्याधिक मतले विजयी गराउने मतदातालाई के भन्ने ?

    यस्ता केही ज्वलन्त उदाहरण , वाँदरमुडे घटनाका मुख्य सृत्रधारलाई विजयी गराउने चितवनका मतदातालाई र अचेत अवस्थामा एम्वुलेन्समा अस्पताल लैजादै गर्दा वाटैमा एम्वुलेन्सवाट निकालि हत्या गर्ने घटनाका मूख्य अपराधिलाई मत दिइ विजयी गराउने महोत्तरीका मतदातालाई। त्यतिमात्र होइन नेपालको सन्दर्भमा कुरागर्दा मतदान गरेको भोलिपल्ट देखि नै मतदाताहरु आफूले मतदान गरेको ब्यक्तिलाई मत दिएर गल्ति गरिएछ भनि पछुताउनेको संख्या अत्याधिक देखिन्छ।

    यस्तो मतदाताको संख्या अशिक्षित र पिछडिएका ठाउको मात्र नभइ शिक्षित र वुझेकाहरु वसोवास गर्ने भनिएको मुलुककै राजधानी काठमाडौंमै समेत प्रशस्तै रहेका छन। सर्वेक्षण नै गर्ने हो भने धेरै वर्षपछि स्थानीय तहमा प्रतिनिधि पाउने उत्साहका साथ मतदान गरि विजयी वनाइएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई मत दिएर ठिक गरिएछ भन्ने मतदाता कति होलान्? अथवा झण्डै दुई तिहाइ मतका साथ वनेको वर्तमान सरकार जो पटक पटक दई तिहाइ मत आफूसँग रहेको दम्भ देखाउँछ, शायद उसलाई अहिले यो सोच्ने फुर्सद छैन होला ८ महिनाको अन्तरालमा नै उसलाई मतदिएर यो ठाउमा पु¥याउने धेरै मतदाताको विश्वास अव यो सरकार प्रति घट्दो छ भनेर।

    नारा, जुलुस, बन्द, हडताल लगायतका आन्दोलन त २०४६ सालपछि कति भए भन्ने कुराको कुनै लेखाजोखा नै छैन तर त्यसले के कस्तो परिणाम दियो त ? आज तीस बर्ष पुगेको मानिसले पञ्चायति समेत गरि तीन थरिको त ब्यवस्था नै देखिसक्यो भने पच्चीस भन्दाबढी सरकार। वास्तवमै भन्ने हो भने मुलुक झन झन दिन प्रती दिन उधोगतिको जन्जिरमा भासिदैछ । हिजोको केही बर्षको मुल्यांकन गर्ने हो भने जनताको मानसिक्तामा बहुमतको सरकार नभएर देशमा सच्चा देश भक्त देश चलाउने लिडर नपाएको हो कि भन्ने धेरैको मनमा लाग्थ्यो ।तर आजको बर्तमान स्थितिमा सवै दलका शीर्ष नेतृत्वहरुले अल्पमत, वहुमत हुँदाहुँदै दुई तिहाइको सरकारको समेत नेतृत्व गरिसके तर मुलुक भने झनझन पर निर्भर हुँदैछ गएको देखिन्छ ।

    जुन देशको समाज अस्त ब्यस्तता र अराजकता, भ्रष्टाचारमा नै अभ्यस्त भइसकेको छ र त्यसबाट मुक्तिको आश मारेर पलायन हुने विकल्प रोज्दैछ भने त्यो देशमा ब्यक्तिगत वा समूहगत स्वार्थको लागि आन्दोलन, नारा जुलुस, क्रान्ति, प्रतिक्रान्तिहरु भइरहलान तर मुलुक स्थिर र सम्बृद्ध हुनेवाला कुनै सम्भावना देखिदैन। केही ब्यक्तिहरुको निजी स्वार्थले वर्षौसम्म सिङ्गो मुलुकले दैनिक १८ घण्टासम्म लोडसेडिङ बेहोरेको दृष्टान्त त छँदैछ आज पनि केही ठेकेदार र सडक डिभिजनका केही कर्मचारीको निजी स्वार्थका कारणले देशकै राजधानी सिङ्गो काठमाडौं हिलो र धूलोबाट आक्रान्त छ र हजारौ घर परिवार वर्षौदेखि झ्याल ढोका बन्द गरेर वस्न वाध्य छन्।

    हरेक क्षेत्रमा महंगी आकासिएको छ, केन्द्रदेखि स्थानीय तहसम्मले करको दायरा र दरमा वृद्धि गरी जनतालाई थप भार वोकाएका छन,देशमा सुसासन नहुदा ७० लाख भन्दा माथी देशको जनशक्ति बिदेशको माटोमा आफ्नो रगत पसिनाले पैसा साट्न बिबस छ। तर मुलुकमा भाषण गरिन्छ स्वदेसमा रोजगारको नारा लगाउदै बिदेशमा रहेको लाखौं युवा युवतिहरुले भित्र्याएको रेमिटेन्स माथी आझै कर तिराउदै जघन्य अपराधिहरुलाई विभिन्न वहानामा उन्मुक्ति दिइँदैछ। भ्रष्ट र दलालहरु धमाधम राज्यवाट पुरस्कृत हुदैछन, विगतको दश वर्षमा एक पछि अर्को गर्दै राष्ट्रघाति सम्झौता र ब्यवस्थाहरुलाई ऐन कानूनमा थपिएको थपियै छ र त्यसैको पछिल्लो श्रृङ्खलाको रुपमा हाल संसदमा दर्ता भएको छ नागरिकता सम्वन्धि संशोधन प्रस्ताव। दैनिक जसो सिमा मिचिएका समाचारहरु आइरहेकाछन् । केही वर्षमा सिमित ब्यक्तिबाट राज्यकोषको ढुकुटी यति धेरै लुट भयो कि शायद कुनै कालखण्डमा भएको थिएन र पनि समाज आन्दोलित हुँदैन भने यो मूलुकको लागि शुभ लक्षण पक्कै होइन।

    आर्थिक रुपले त्यसै पनि कमजोर रहेको नेपालको अवस्था दिनानुदिन दयनीय र परनिर्भर बनाइँदैछ। २०४९–०५० साल तिर आयात निर्यातको प्रतिशत ७०–३० रहेकोमा हाल ९४–६ मा आइपुग्नुले देशको आर्थिक अवस्था र परनिर्भरतामा भएको बढोत्तरीका बारेमा अरू केही भन्नु नपर्ला।

    आ.ब. २०७४र०७५ का लागि कूल वजेटको २६ प्रतिशत विकास वजेट छुट्टयाइएकोमा त्यसको पुग नपुग ७२ प्रतिशत खर्च भएको तथ्यांकले स्पस्ट देखिन्छ। यसरी हेर्दा वार्षिक वजेटको १९ प्रतिशत भन्दा पनि कम विकास बजेट खर्च भएको देखिन्छ अनि त्यो खर्च पनि कसरी हुन्छ भन्ने जग जाहेर नै छ। तर जान्दा जान्दै पनि सरकार विभिन्न देशमा अझै आफ्नो नागरिक बेच्ने अदक्ष कामदारको कोटा थप्न सकेकोमा नै गर्व गर्दछ । अनि सभा सम्मेलन, संसद भवन, सडक , गल्ली चिया पसल पसलमा हल्ला गर्दछ मुलुकको सम्वृद्धिको।

    राजनीतिक रुपले त जुनसुकै दल अथवा नेतृत्वको एक मात्र उद्धेश्य जुनसुकै शर्त अथवा सम्झौता गरेर भए पनि शासनमा आसन गर्नेवाहेक अर्को कुनै दायित्व बहन गरेको देखिएन। जुन देशको सरकार ब्यक्त अथवा अब्यक्त रुपमा जनताको आवाजले के भनिरहेको छन र उनीहरुको भावना के छ भन्ने कुरा सुन्न र वुझ्न चाहँदैन अनि चुनाव गराउनु, भागवण्डामा राजदुत, उपकूलपति, रजिष्टार, न्यायाधीश, सम्वैधानिक पदहरू आदिमा नियुक्ति गर्नु अथवा विक्री गर्नु, आफ्ना आसेपासेका साथ उपलब्धिहीन विदेश भ्रमण गर्नु आदिलाई आफ्नो उपलब्धि भनि वखान गर्न शरम मान्दैन त्यो देशको राजनैतिक दल र नेतृत्वको चरित्र वारे अरु केही भनिरहनु नपर्ला।

    यसरी उल्लेखित विविध किसिमका समस्या तथा कारणहरुले केही दलाल, तस्कर, सत्तासीन नेता तथा लाभका पदमा रहेकाबाहेक आम नेपाली सामाजिक, आर्थिक, शारीरिक, मानसिक रूपले पीडित छन जसले गर्दा आम नेपालीको वर्तमान अवस्था दिनानुदिन कष्टकर बन्दैछ। सन्ततिको भविश्य पनि त्यतिनै अनिश्चितता तर्फ धकेलिने अवस्थामा रहेकाले यसतर्फ समय रहदै सबैको ध्यान जान आवश्यक छ ।

    हाल  रेगिस्तान

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑