१४ असार २०७७–खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले आ.ब.२०७६÷०७७ को महिला लक्षित कार्यक्रमबाट नगरको वडा नं.–१० अर्खौलेमा महिलाहरुका लागि कम्प्युटर सिप तालिम सञ्चालन भएको जानकारी प्राप्त भएको छ ।
वडाका ७० जना महिलाहरुको सहभागिता रहने तालिममा सहभागीहरुलाई शैद्धान्तिक र प्रयोगात्मक विधिबाट कम्प्युटर सम्बन्धि आधारभूत (बेशिक) कोर्ष सिकाइने उक्त तालिमको गत शनिबार हलेसी तुवाचुङ नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले एकसाथ उद्घाटन गरेर तालिम सञ्चालन भएको जानकारी दिएकाछन् ।
स्थानिय श्रोत र साधनको अधिकतम उपयोग संगै समयको गतिसंगै प्रबिधीको विकासमा महिलालाई समाहित गर्ने उद्देश्यका साथ सञ्चालि तीन महिने तालिमको सहजिकरण भने नगरपालिकाको आईटी शाखाले गर्ने जनाएको छ ।
अहिलेको युग बिज्ञान र प्रबिधिको युग भएकोले सबै क्षेत्रमा कम्प्युटर शिक्षा अनिवार्य आवश्यकता भएकाले महिला लक्षित कार्यक्रम अन्र्तगत कम्प्युटर तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]