१९ श्रावण २०७७ खोटाङ । जिल्लामा सञ्चालित एन एम बि लघुबित्तले आफ्ना समुहको सदस्यहरुले गरेको बचत फिर्ता माग्दा थर्काउने,धम्क्याउनाका साथै बचत फिर्ता नगर्ने कार्यालय प्रमुख भुपाल खड्का बाटनै प्रहरी लगाएर कार्बाही गर्ने धम्की दिएको महिलाहरुको गुनासो रहेको छ ।
नेपालमा ग्रामिण विकासको लागि बित्तिय कारोबारमा पहुँच नहुनेहरुका लागि बिना धितो सस्तो ब्याजमा ऋण प्रबाह गर्नुका साथै लोक कल्याणकारी समाजिक काम गर्ने उद्देश्यका लागि सञ्चालित लघुबित्तहरुले कमर्सियल बैंकहरुबाट ६ प्रतिशत देखी १० प्रतिशत सम्मको ऋण लिएर १८ प्रतिशत सम्म ग्रामिण महिलाहरुबाट ब्याज,ब्याजको स्याज,स्याजको प्याज र अन्य सेवा शुल्क समेत असुल्दै आएको आम नगारिकहरुको आक्रोस रहेको छ ।
पछिल्लो समय सुधारिएको माहाजनको रुपमा आफ्नो बर्चस्व कायम राख्दै आएको लघुबित्तले गाँउगाँउमा छ्याप छ्याप्ती बिशेष गरी महिलाहरुको समुह बनाउने,बिभिन्न ड्रेशहरु लगाउनुपर्ने,लघुबित्तका कर्मचारी आँउदा स्वस्ती गर्नुपर्ने,एउटाले बेइमान गरे सो को जिम्मा अरु इमान्दार सदस्यले लिनुपर्ने,ऋण तिर्न नसके वा भाखामा तिर्न नसक्दा भैसी,बाख्रा,कुख्रा उठाउने माहाजनको भुमिका निर्बाह गर्ने लगाएतका गतिबिधीहरु भएको आम महिलाहरुको गुनासो रहेको छ ।
सेवाग्राहीको गुनासोलाई मध्येनजर नगरी आफुखुसी निती निएम लाद्ने कारणले आत्महत्या समेतका घटनाहरु घट्ने स्थानियहरुको भनाईरहेको छ । आफ्नो बचत फिर्ता नदिने तर उनिहरुले तोकेको समयमा बचत तथा ब्याज एबं किस्ता भुक्तानी गर्नुपर्ने भएकोले लघुबित्तको दादागिरी मौलाउदै गएको समुहकी अध्यक्ष सुशिला बिश्वकर्माले बताएकीछिन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]