देश पोष्ट/ खोटाङ । रूपन्देहीमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना भएको छ ।
बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
तीन जना सवार लु ६० प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँएर दुर्घटना भएको हो ।
रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू दुवै मोटरसाइकलको पछाडि बसेका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]