देश पोष्ट खोटाङ । मंगलबार भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेहरु ६ जनाकै सनाखत भएको छ।
सोलुखुम्बु जिल्लाको सुर्केस्थित हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको (एन–एएमभी) कलसाइन भएको हेलिकोप्टर आज बिहान ९ः५२ बजे दुर्घटनामा परेको हो।
हेलिकोप्टर दुर्घटनामा परी हेलिकोप्टरका चालक चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन नागरिकको मृत्यु भएको पुष्टि भएकाे छ
मेक्सिकन नागरिकहरुमा रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस रहेका छन्। मृतक विदेशी नागरिकहरू एकै परिवारका हुन् ।
मृत्यू हुने पाँच जना मेक्सिकन नागरिकमा आमा–बुवा र तीन जना छोराछोरी भएकाे पुष्टि भएकाे छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]