देश पोष्ट/? खोटाङ । कोशि प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार अपराह्न उनले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
थापाले २७ दिनमा दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका हुन् । गएको असार २१ मा मुख्यमन्त्री बनेका थापा साउन ११ गते सर्वोच्च अदालतको फैसलाबाट बर्खास्त भएका थिए ।
मुख्यमन्त्री थापाले आजै तीनसदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। राजीनामा दिएर बहुमतको सरकार गठन गर्न सहयोग गरेका प्रदेशका पूर्वसभामुख एवं माओवादी सांसद बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्री, कांग्रेसका प्रदीप सुनुवारलाई खानेपानी सिँचाइ तथा ऊर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री नियुक्त गरेका छन्।
कोसी प्रदेशमा हालसम्म ६ पटक सरकार परिवर्तन भैसकेको छ। प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमा एमालेका शेरधन राई नियुक्त भएका थिए। त्यसपछि दोस्रोपटक एमालेकै भीम आचार्य, तेस्रोमा एकीकृत समाजवादीका राजेन्द्र राई , प्रदेश सभाको दोस्रो कार्यकालमा एमालेका हिक्मतकुमार कार्की चौथो मुख्यमन्त्री र कांग्रेसका उद्धव थापा पाँचौँ मुख्यमन्त्री नियुक्त भएका थिए। तर, सभामुखको हस्ताक्षर प्रयोग गरी नियुक्त भएका थापालाई अदालतले बर्खास्त गरेपछि सभामुखलाई राजीनामा गराएर बहुमत पुर्याएपछि उनी पुनः १६ साउनमा छैठौँ मुख्यमन्त्री नियुक्त भएका हुन्
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]