देश पोष्ट /खोटाङ । जिल्लाको धार्मिक तथा पर्यटकिय नगरी हलेसी तुवाचुङ नगरपालिकामा चौथो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिजो बाट सुरु भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङको प्रमुख आतिथ्यतामा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सालपा खेलमैदानमा ३० स्वर्ण पदकका निम्ति प्रतियोगिता सुरु भएको हो ।
तीन दिवसीय प्रतियोगितामा छात्राछात्रतर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर दौड, चारजनाले पालैपालो दौडने १०० मिटर रिले दौड, चारजनाले पालैपालो दौडने ४०० मिटर रिले दौड, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प, कबड्डी र भलिबलमा एकरएक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नगरभित्रका १२ वटा मावि र दुईवटा संस्थागत विद्यालयको सहभागिता रहेको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि संघीय सरकारको सशर्त बजेट एक लाख र नगरपालिकाको नौ लाखसहित दश लाखमा प्रतियोगिता सम्पन्न गरिने नगरपालिकाले जनाएको छ । प्रतियोगितामा छात्रातर्फ २९० जना र छात्रतर्फ २६१ जना विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डका साथमा मेडल र प्रमाणपत्र पाउने छन् । दोश्रो र तेश्रो हुने विद्यालयले कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक विधामा प्रथम, दोश्रो र तेश्रो हुने विधार्थी खेलाडीले ट्रफी प्राप्त गर्ने जनाईएको छ । प्रतियोगितामा सहभागी हुने विद्यालयलाई दुरीको आधारमा घटीमा ३० हजारदेखि ५० हजारसम्म खर्च दिईने नगर प्रमुख बिमला राईले जानकारी दिनु भएको छ ।
प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्न पाउनेछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]