देशपोष्ट/काठमाण्डौंं । बहराइनको राजपरिवारका सदस्यले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।
राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली चैत २ गते सगरमाथा आरोहणका लागि नेपाल आउने जनाइएको छ । नेपाली राजदूत पदम सुन्दासलाई सो आरोहण दलका केही सदस्यहरूले भेट गर्दै जानकारी गराएका हुन् ।
आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक हुनेछन् । विशेष विमानबाट नेपाल आउन लागेको उक्त टोली नेपालमा ७९ दिनसम्म बस्ने जनाइएको छ ।
सगरमाथा आरोहणका लागि बन्दोबस्त नेपालस्थित सेभेन समिट ट्रेक्स प्राइभेट लिमिटेडमार्फत भइरहेको छ । सो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]