• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

भारतीय विद्यार्थीको आइईएलटीएस स्कोरको वैधानिकतामाथि क्यानडाको विश्वविद्यालयले उठायो प्रश्न

२४ मंसिर २०७५, सोमबार ०८:२८ मा प्रकाशित (7 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • १०७९ पटक पढिएको
  • क्यानडा । क्यानडाको ओन्टारियो सहरमा रहेको एक विश्वविद्यालयले भारतबाट आएका विद्यार्थीहरुको आइईएलटीएस स्कोरको वैधानिकतामाथि प्रश्न उठाएको छ । कलेजले भारतीय विद्यार्थीहरुको भाषा दक्षता उनीहरुले ल्याएको अंकसँग ‘बेमेल’ भेटेपछि यस्तो प्रश्न उठाएको हो ।

    नायगेरा कलेजमा सन् २०१९ जनवरीको कार्यक्रमको लागि भर्ना भएका ४०० विद्यार्थीहरुलाई सम्पर्क गरेर कलेज प्रशासनले दोस्रो पटक भाषा परीक्षा दिनुपर्ने बताएको छ । परीक्षा नदिएको अवस्थामा उनीहरुको भर्ना रद्द गरिने कलेजले बताएको छ । उनीहरुले भारतका विभिन्न स्थानबाट आईईएलटीएस परीक्षा दिएका थिए ।

    ‘इन्टरनेशनल इंग्लिस ल्याङ्गुयज टेस्टिङ सिस्टम(आईईएलटीएस)’ लाई क्यानडाका अधिकांश शैक्षिक संस्थानहरुले मान्यता दिन्छन् ।

    आईईएलटीएस क्यानडाको इमिग्रसन विभागले अप्रवासन र नागरिकताका लागि आवेदन दिनेहरुको भाषा दक्षताको स्वतन्त्र प्रमाणको लागि स्वीकार्ने दुई प्रमुख भाषा जाँच मध्य एक हो ।

    नायगेरा कलेजका ‘एकेडेमिक एण्ड लर्निङ सर्विस’का उपाध्यक्ष स्टीभ हड्सनले आफ्नो कलेजले यो विषयमा जाँच गर्नुको कारण रहेको जानकारी दिए ।

    उनका अनुसार यो वर्षका प्रथम वर्षमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुमध्ये ‘शैक्षिक रुपमा चिन्ताजनक विद्यार्थीहरुको’ संख्या अघिल्लो वर्षभन्दा दोब्बर भएपछि कलेजले कलेज कडा चाल्नु परेको हो ।
    हड्सनका अनुसार अघिल्लो वर्ष १५० विदेशी विद्यार्थीहरु यो सूचीमा परेका थिए, जुन यो वर्ष ३०० पुग्यो ।

    ती विद्यार्थीहरुलाई पछि कलेज आफैले भाषाको जाँच लिदा उनीहरुको अंगे्रजी दक्षता त्यो तहलाई चाहिने जति नभएकाले उनीहरुको शैक्षिक अवस्थामा असर परेको देखिएको थियो ।

    थप अनुसन्धानले ती विदेशी विद्यार्थीहरुमध्ये ८० प्रतिशत भारतीय भएको देखिएको थियो । उलेख्नीय कुरा ती भारतीय सबैले अष्ट्रेलियामा मुख्यालय रहेको आइडीपी एडुकेशनले संचालन गरको टेष्ट लिएको देखिएको थियो ।

    नायगेरा कलेजले अधिकारीहरुले आईडीपी एडुकेशनलाई अनुसन्धानको निष्कर्षबारे सूचित गरेको बतायो ।

    आईईएलटीएस टेष्ट आईडीपी एजुकेसन, द ब्रिटिश काउन्सील र क्याम्ब्रिज एसेसमेन्ट इंग्लिसको संयुक्त स्वामित्वमा रहेको छ । यो तीन घण्टे परीक्षामा जाँच दिने व्यक्तिको अंग्रेजी सुन्ने, पढ्ने, लेख्ने र बोल्ने क्षमतालाई १ देखि ९ को स्केलमा मापन गरिन्छ । ९ स्कोर ल्याउने व्यक्ति भाषामा पूर्ण पकड राख्ने मानिन्छ ।

    आईडीपी एडुकेशनका अनुसार अघिल्लो वर्ष विश्वभरी ३० लाखभन्दा बढी मानिसले आईईएलटीएस परिक्षा दिए ।

    “यो जाँच परिक्षार्थीको राष्ट्रियता, संस्कृति, पृष्ठभूमि, लिंग वा आवश्यकतालाई वेवास्ता गर्दै सबैप्रति समान रहने भनेर परिचित छ,” आईईएलटीएस ÷आइडीपी एडुकेशनका म्यानेजिङ डाइरेक्टर वारवीक फ्रिल्याण्डले मेलबर्नबाट क्यानेडेली मिडिया ‘द स्कार’लाई पठाइएका इमेलमा भनिएको छ ।

    अर्को इमेलमा आइडीपी एडुकेशनले नायगेरा कलेजले भारतीय विद्यार्थीहरुसँग लिएको आन्तरिक भाषा परिक्षामाथिनै प्रश्न उठाए ।

    इमेलमा उसले ‘कलेजले निम्न स्तरको परिक्षा लिएको’ र त्यसलाई ‘क्यानडाका अन्य शैक्षिक सस्थान तथा सरकारले अंगेजी भाषा दक्षता मापनको लागि मान्यता नदिने’ आरोप लगाएको छ ।
    क्यानडाको इमिग्रेसन विभागका प्रवक्ताले यो मामलामा अधिकारीहरुले ख्याल गरिरहेको बताए ।

    यसअघि पनि विश्वका विभिन्न स्थानमा भाषा परिक्षाको बेला भएका जालझेलका घटनाहरु बाहिर आएका थिए ।

    –पेन्सिलभेनिया स्टेट विश्वविद्यालयमा भर्ना भएकी एक चिनियाँ विद्यार्थी यो वर्ष भाषा परीक्षामा जालझेल गरेकोमा दोषी पाइएकी थिइन् । उनले आफ्नो टोफल परीक्षाको बेला अरुलाई पैसा दिएर जाँच दिन लगाएको पत्ता लागेको थियो ।

    –सन् २०१६ मा ब्रिटेनका कयैन मानिसहरु ‘इमेग्रेसन स्क्याम’ चलाएको आरोपमा पक्राउ परेका थिए । उनीहरुले गैर–युरोपेली संघका विद्यार्थीहरुको लागि ‘टीओईआईसी’ परीक्षामा पैसा लिएर परीक्षा दिने गरेको खुलासा भएको थियो ।

    –सन् २०११ मा अष्ट्रेलियामा कर्टीन विश्वविद्यालयको अंग्रेजी भाषा केन्द्रका एक कर्मचारीले घुस लिएर कम्युटरबाट आईईएलटीएस परिणामलाई बदलेकोमा दोषी पाइएको थियो ।

    आईडीपी एडुकेसनका म्यानेजिङ डाइरेक्टर फ्रील्याण्डले आफूहरुले परीक्षा लिने सबै परीक्षाकेन्द्रहरुलाई एकदम ध्यानपूर्वक निगरानी गरेर उच्च मापदण्ड प्रत्याभूत गर्ने गरेको बताए ।

    भारतमा २१५ अमेरिकी डलर पर्ने यो टेष्टको दुई संस्करण रहेको छ । यसमा एउटा उच्च शिक्षाको उदेश्यको लागि प्रश्नपत्र आउँछ भने अर्को सामान्य संस्करण हुन्छ ।

    ४२८ भारतीय विद्याथीहरुलाई दोहो¥याएर गराउन भनिएको आईईएलटीएस परीक्षाको शुल्क तिर्न आफूहरु जिम्मेबार नभएको नायगेरा कलेजले जनाएको छ । उसले सोमबारसम्म परिक्षाा गरिसक्नुपर्ने बताएको छ ।

    ‘ल्याङवीज क्यानडा’का निर्देशक गोन्जालो पेराल्टाले भाषा परीक्षाको सत्यनिष्ठता कायम राख्नु अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको लागि अत्यन्त महत्वपूर्ण भएको बताए । उनको संस्थाले क्यानडाका २०० अंग्रेजी र फ्रेन्स भाषा कार्यक्रम प्रदायकहरुको प्रतिनिधित्व गर्छ ।

    “उपयुक्त र राम्रो गुणस्तरको परिक्षाबीना तपाईले अन्तरार्ष्ट्रिय शिक्षा चलाउनै सक्नु हुन्न । यो कुरामा यति धेरै कुरा निर्भर गर्छ ,” पेराल्टाले भने ।

    नायगेरा कलेजको बारेमा उल्लेख गर्दा पेराल्टाले आफू यो घटनाबारे चिन्तित रहेको बताए ।
    क्यानडाको ‘इन्टरनेशनल ब्युरो अफ एजुकेसन’का अनुसार सन् २०१७ मा क्यानडाको अध्ययनको सम्पूर्ण तहमा ४,९४,५२५ विदेशी विद्याथीहरु रहेका थिए । यो संख्या त्यस अघिको वर्षको विद्यार्थीको संख्याको तुलनामा १७ प्रतिशतले बढी हो । तीमध्य पनि २५ प्रतिशत अर्थात १,२३,९४० भारतबाट मात्रै आएछन् । तर पनि भारतीय विद्यार्थीहरुको संख्या चिनियाँ विद्यार्थीपछि दोस्रो स्थानमा रहेका छन् ।

    नायगेरा कलेजले लिने ४,६८३ विदेशी विद्यार्थीहरु मध्य भारतबाट मात्रै २,९१४ आएका छन् । विदेशी विद्यार्थीहलाई औसतमा १३,५०० अमेरिकी डलर शुल्क लाग्ने गर्छ , जुन क्यानेडेली सहपाठीले तिर्नेभन्दा तीन गुणा बढी हो ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑