• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

किन खुलेन मलेसिया रोजगारी ? कहाँ भयो गडबढ ?

२४ मंसिर २०७५, सोमबार ०८:४२ मा प्रकाशित (7 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • १०६८ पटक पढिएको
  • काठमाडौँ । २०७५ साल जेठ २ गते अपरान्ह एकाएक पत्रकार सम्मेलन गरेर श्रममन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीको ढाट नहेटेसम्म र सिन्डिकेट नरोकिएसम्म मलेसियामा कामदार नपठाउने भन्दै सिन्डिकेटधारी संस्था खारेजीको घोषणा गरिदिए । त्यसै दिनदेखि बन्द भएको मलेसिया रोजगारीको ढोका ७ महिना पुग्न लाग्दा पनि खुल्न सकेको छैन ।

    वार्षिक करिब १ लाख ५० हजार कामदार जाने गरेको देशमा एकाएक आएको अवरोधले केही समय ठूलै हलचल पैदा गर्यो । धेरै युवाहरू, मुख्यतः जो वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान्छन्, उनीहरूको पक्षमा भएको यो निर्णयले एउटा नयाँ आशा जगायो ।

    तत्कालीन समयमा मलेसिया जाने प्रक्रिया सुरु गर्नका लागि पनि एकजना कामदारले ५ वटा ढाटमा पैसा तिर्दै जानुपथ्र्यो । तत्कालीन समयमा माइग्राम्स, बायोमेट्रिक, आईएससी, ओएससी र भीएलएनका नाममा पैसा तिर्नुपथ्र्यो । एक कामदारले मलेसिया जाने प्रक्रिया पूरा गर्नका लागि प्रतिव्यक्ति १८ हजारभन्दा बढी रकम तिर्नु परिरहेको थियो ।

    जबकि मलेसिया जाने भिसा पाउन लाग्ने शुल्क भने जम्मा ७ सय नेपाली रूपैयाँ मात्रै थियो ।

    मलेसिया रोजगारीका लागि अधिक खर्च र सिन्डिकेट रहेको थाहा पाउनेबित्तिकै श्रममन्त्री गोकर्ण विष्टले सिन्डिकेटधारी संस्था खारेजी गर्दै नयाँ प्रक्रिया सुरु गर्ने घोषणा गरिदिए ।

    यसैबीचमा मलेसिया सरकारले यो विषयलाई गम्भीर रूपमा लिँदै नेपाली कामदारको हितमा हुनेगरी श्रम सम्झौता गर्न तयार भयो र कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सहमति भयो ।

    यो सहमतिसँगै मलेसिया जाने कामदारको सम्पूर्ण खर्च मलेसियास्थित रोजगारदाता कम्पनीले तिर्ने र म्यानपावर व्यवसायीलाई दिने कमिसन पनि रोजगारदाताबाटै भराउने गरी सहमति भयो ।

    कात्तिक १२ गते नेपाल र मलेसियाबीच यो सहमति भएलगत्तै मलेसिया रोजगारी खुल्ने धेरैको अपेक्षा थियो ।

    तर कात्तिक १२ गते श्रम सहमति भए पनि मलेसियाको रोजगारी खुल्न भने सकने । किनभने सहमतिमा आधारभूत कुरा उल्लेख गरिन्छ । तर त्यो सहमति कार्यान्वयनका लागि प्राविधिक विषय टुङ्गो लगाउनुपर्ने हुन्छ । त्यही प्राविधिक विषयको टुङ्गो नलाग्दा मलेसिया रोजगारी अझै खुल्न सकेको छैन ।

    नेपाल र मलेसियाबीच भएको सहमतिमा माइग्राम्स हटाउने भनिएको छ भने अन्य प्रक्रियाका लागि नयाँ व्यवस्था गर्ने उल्लेख छ । तर नयाँ व्यवस्था गर्नका लागि संस्था छनोटदेखि सिस्टम रिभ्यु गर्ने कुरामा केही प्राविधिक समस्या देखिएका छन्, जसको कारण मलेसियाको रोजगारी अझै बन्द छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑