• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

प्रधानमन्त्रीको ताल उस्तै : समयलाई किन महत्त्व दिँदैनन् ओली ?

२४ मंसिर २०७५, सोमबार ०८:४२ मा प्रकाशित (7 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • १३६४ पटक पढिएको
  • काठमाडौँ– प्रसङ्ग १– मङ्सिर २२ गते शनिबार । दिउँसो ३ बजेका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आह्वान भएको थियो । तर ३० मिनेट ढिला हुँदा पनि बैठक सुरु नभएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटारबाट बाहिरिए । उनीहरूको आक्रोश थियो–प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले समयमा बैठक सुचारु गरेनन् ।

    पार्टी बैठक छाडेर ओली अन्य भेटघाटमा लागेको चार नेताको आरोप थियो । महासचिव विष्णु पौडेलका अनुसार अध्यक्षद्वय परामर्शमा रहँदा केही मिनेट मात्रै सचिवालयको बैठक ढिलो भएको थियो । पार्टी एकीकरणका बाँकी कामलगायतका विषयमा छलफल गर्ने कार्यसूची थियो । चार नेता निस्केपछि नौ सदस्य रहेको सचिवालयमा पाँच जना नेताको मात्रै बैठक बस्यो । बैठकले मङ्सिर २९ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गर्यो ।

    पार्टी बैठक बहिष्कार गरेको अर्को दिन आइतबार नेता खनालले एक कार्यक्रममा समयबारे बोलेका थिए । ‘कहिलेकाहीँ ३ बजे भनेर बोलाइन्छ, ६ बजे सुरु हुन्छ । आज पनि यस्तै हो कि भनेर हामी हिँड्यौं । तहल्का मच्चियो ।’ जब कि बैठक बहिष्कारपछि रातोपाटीसँगको कुराकानीमा नेता गौतमको प्रतिक्रिया पनि अध्यक्षले समयको पालना नगरेको बताएका छन् । ‘यसअघि पनि बैठक बोलाएर सधैँ एक–दुई घण्टा ढिलाइ गर्ने गरिन्थ्यो । आज पनि त्यस्तै स्थिति देखिपछि हामीले यसरी नबसौँ भन्ने निर्णय गर्यौं ।’ नेता गौतमले भने, ‘हामी निस्केपछि सामान्य बहुमतको कोरम पुर्याएर निर्णय गरिएको छ । यसले कोरम पुग्यो भने बैठक बस्नुपर्छ भन्ने मान्यता स्थापित गरेको छ । अब एक जना अध्यक्षको उपस्थितिमा समयमै बैठक सञ्चालन गर्नुपर्छ ।

    प्रसङ्ग २– प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले समयलाई ध्यान नदिएको विषयमा पार्टीका चार जना शीर्ष नेताले बैठक बहिष्कार गरेपछि यसले नेकपामा मात्रै होइन, सबै क्षेत्रमा ठूलै चासो जगाएको थियो । पार्टी नेताले बैठक बहिष्कार गरेको २४ घण्टा नवित्दै प्रधानमन्त्री ओलीले समयलाई ख्याल नदिएको अर्को घटना बाहिर आयो । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको थियो ।

    प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा गृहमन्त्री, अर्थमन्त्री, सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य हुन्छन् । बैठकमा सङ्घीय सरकारका अन्य मन्त्री पनि आमन्त्रित रहने व्यवस्था छ । देशका सबै शक्तिशाली व्यक्ति सहभागी हुने बैठक भएकाले बैठकको हरेक सेकेन्ड महत्त्वपूर्ण हुन्छ नै । तर बिहान बिहान ११ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री ओली डेढ घण्टा ढिला पुगे । बैठक सुरु गरेर प्रधानमन्त्री फेरि बाहिर निस्किए । खाना खान निस्केका प्रधानमन्त्री डेढ घण्टापछि मात्रै फर्के ।

    संविधान, कानुन, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवाद समाधान गर्न लामो समयदेखि यो परिषद्को बैठक माग गरिएको थियो । प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले केन्द्र सरकारसँग बसेर किनारा लगाउनुपर्ने विषयमा ध्यान नदिएको गुनासो गर्दै आएका थिए । यस्तो महत्त्वपूर्ण बैठकमा प्रधानमन्त्री ओलीले समय व्यवस्थापनमा ध्यान नदिएपछि बैठकका सहभागीबीच अनौपचारिक कुराकानी भयो, ‘पार्टी नेता समयै विषयमा बैठक बहिष्कार गरे । त्यसबाट पनि प्रधानमन्त्रीले पाठ सिक्नु भएनछ । यति महत्त्वपूण बैठकलाई पनि बेवास्ता गर्नुभयो ।’

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑