काठमाडौं । प्रतिनिधि सभाको विकास समितिले खानेपानी सम्बन्धि सबै काम गर्न प्राधिकरण स्थापना गर्नुपर्ने माग गरेका छन् । विकास तथा प्रविधि समितिको बैठकमा नेपाली कांग्रसका सांसद राजन केसीले खानेपानी सम्बन्धि काम गर्ने सबै कार्यालयहरुलाई मिलाएर खानेपानी प्राधिकरण गठन गर्न माग गरेका छन् ।
काठमाडौँ उपत्यका लगायत धेरै शहरमा खानेपानी सम्बन्धि काम गर्न फरक कार्यालयहरु भएकोले जनताले दुख्ख भोग्नु परेको बताउँदै सांसद केसीले काममा एकरुपता ल्याउन प्राधिकरण गठन गर्नु पर्ने बताएका हुन । विकास समितिको बैठकमा खानेपानी तथा सरसफाई मन्त्रालयले संसदमा पेश गरेको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अहिले छलफल चलिरहेको छ ।
राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले खानेपानीका निर्माण लामो समय सम्म सम्पन्न हुन नक्नुको कारण के हो भन्दै प्रश्न गरे । खानेपानी तथा सरसफाई मन्त्री वीना मगरलाई संकेत गर्दै सांसद यादवले बर्षेनी बजेट छुट्टिने तर निर्माण सम्पन्न नहुने कारण के हो स्पष्ट पार्न आग्रह गरे ।
नेपाल सरकारले स्वच्छ तथा गणुस्तरीय खानेपानी प्राप्त गने नागरिकको मौलिक अधिकारको हो । यसको सम्मान, संरक्षण र परिपूर्ति गरी स्वच्छ तथा गणुस्तरीय खानेपानी सेवा सहज रुपमा उपलब्ध गराउन र ढल निकास र फोहोरपानीको व्यवस्थापन गर्न पहिलो पटक खानेपानी तथा सरसफाइ विधेयक सदनमा पेश गरेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]