
देश पोस्ट देश पोष्ट/काठमाण्डौ । बाग्मती प्रदेसका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको लागि दाबी पेस गर्न वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माल आह्वान गर्नु भएको छ ।
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले दलहरूलाई भोलि बेलुका ५ बजेसम्मका लागि दाबी पेस गर्ने समय दिनुभएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो ।


मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको पहल थालिएकामा नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेले दाबी पेस गर्ने तयारी गरेका छन् ।
कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ । कांग्रेसबाट बाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकार गठन गर्ने गरी कांग्रेस र एमालेले दाबी पेस गर्ने तयारी गरेका छन् ।
यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले हिजो राजीनामा दिएसँगै नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बेलुकी साढे ६ बजेसम्मका लागि समय दिएर नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको हो । उहाँले संविधानको धारा १६८ (२) बमोजिमको नयाँ सरकार गठनका लागि प्रदेश सभामा रहेका दलहरूलाई आह्वान गर्नुभएको छ ।
लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने एमाले–कांग्रेसबीच सहमति बनिसकेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]