मेघराज पौड्याल
हाम्रो राम्रो खुखद छ धरा प्रेमको फूल बारी
हामी बस्छौ मलजल गरी प्रेमयूषा उमारी
बैरी मिच्दै घरघर पस्यो दुष्टले ढाट ठोकी
ए नेपाली उठ उठ बसौ साँधमा नाल बोकी ।।१।।
आमाको नै कहर अति भो शत्रुले नै चिरेर
पारी बस्ने युवक खुकुरी आउ उँम्दा भिरेर
हाम्रो पानी खनखन गन्यो साल चोरी लग्योकी
ए नेपाली उठ उठ बसौ साँधमा नाल बोकी ।।२।।
डाँडा पाखा जति पनि थिए स्रोतका ती मुहान
घेरा हाल्यो शिखर तिर गै रात कैले बिहान
भाषा हाम्रो कति पर भयो भेष अन्तै गयोकी
ए नेपाली उठ उठ बसौ साँधमा नाल बोकी ।।३।।
हाम्रो खानी त्रिफल बनको सड्न थाल्यो बनैमा
कोशी मेची बिच नद नदी लान थाल्यो धनैमा
छाँटी छँटी युवक सब लग्यो रेल ल्याएर बोकी
ए नेपाली उठ उठ बसौ साँधमा नाल बोकी ।।४।।
हाम्रो पाखा अवनि गुनिला आज फल्दै छ घाँस
ल्यायो गन्धा फल दुषितले देहको भो बिनास
ठोकौँ रोकौँ अब सुजनहो बक्षमा नाल ठोकी
ए नेपाली उठ उठ बसौ साँधमा नाल बोकी ।।५।।
सप्तरी ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]