काठमाण्डौ । “हरीयो वन नेपालको धन” यो उखान उखानमा मात्र सिमित भएको छ । नेपाल जल जमिन र जंगलको विश्वक्रै धनी देशको रुपमा कहलिए पनि सोको उचित संरक्षण,उपयोग र कानुनी कार्यान्वयनमा भने ढिलासुस्तीको कारण आँफुसंगै भएको श्रोतको उचित प्रयोगमा समस्या भएको छ ।
नेपालको राजधानीमा रहेको काठमाण्डौ डिभिजन वन कार्यालयले बिभिन्न समयमा अबैधानिकरुपमा चोरी तस्करी भएका काष्ठ तथा गैह्रकाष्ठ सामग्रीहरुको ठुलैमात्रामा बरामद गरेको छ ।
अबैधरुपमा चोरी तस्करी भएका वन्यजन्तुलाई भने चितवनको कसरामा बुझाउनुपर्ने र काष्ठ तथा गैह्रकाष्ठको भने सम्बन्धित अदालतमा मुद्वा चलाउनु पर्ने , तथा साइटिसको अनुसूचीमा परेका पैदावारको भने अन्तराष्ट्रिय सन्धी अनुसार कार्यन्वयन गराउनु पर्ने वन ऐनमा मा उल्लेख छ ।
तर काठमाण्डौ जिल्ला वन कार्यालयले २०६४ सालदेखी बरामद गरेका काष्ठ तथा गैह्रकाष्ठ भने ठुलो परिमाणमा अलपत्र अबस्थामा रहेको छ । डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत रामबाबु पौडेलका अनुसार बरामद भएका बन्यजन्तु कसरामा बुझाउदै आएको भएता पनि काष्ठ तथा गैरकाष्ठको कानुनी प्राबधानको कारणले उचित ब्यबस्थापन गर्न नसकेको बताएकाछन् ।
बरामद गरिएका सामग्रीलाई गोदाममा राख्नु पर्ने भएपनि गोदामको अभाब र अदालतको फैसलाको ढिलाईको कारण बरामद गरिएका सामग्री अलपत्र अबस्थामा बाहिर राखीएको उनको भनाई रहेको छ ।
बर्षमा ५ लट जती लिलाम बिक्री गरेतापनि भारीमात्रामा बरामद गरिएका सामग्री मुद्वाको फैसलाको पर्खाइमा रहेका छन् पौडेलले भने । हाल गत भदौ महिनादेखी वन सम्बन्धि सम्पूर्ण मुद्वा जिल्ला अदालत जाने गरेको र वन कार्यालयले अनुसन्धान मात्र गर्ने गरेको अधिकृतको भनाइ रहेको छ ।
हाल डिभिजन वन कार्यालय हात्तिसारको परिसरमा कुहिएका लाखौका काठ तथा रक्तचन्दनहरु अलपत्र अबस्थामा रहेका छन् । एसको उचित ब्यबस्थापन हुन नसक्दा राज्यलाई हुने क्षेतीको जिम्मेवारी को हो ? यो प्रश्न को उत्तर कस्ले दिन्छ ?
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]