बुईपा । नेपालीहरुको महान चाड बडादशैको अबसरमा भातृत्व र शान्तिको दिगो स्थायीत्व स्थापित गर्ने उद्वेस्यले जिल्ला को दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थीत वडा नं. १४ मा रहेको पञ्चरदोबाटो बजारमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १४ नं. वडा कमिटीको आयोजनामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथी पूर्ब संविधानसभा सदस्य पाँचकर्ण राई पि.के.ले कार्यक्रमको उद्घाटन गर्नु भएको कुरा विद्यार्थी नेता ओमप्रकाश घिमिरेले जानकारी गराएकाछन् ।
वडा कमिटी अध्यक्ष मिलन राईको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको बिशेष अतिथी नगरपालिकाका उपमेयर बिणादेबी राई रहनु भएको थियो । महान चाडलाई लक्षित गरी सम्पन्न कार्यक्रममा दशैंलाई भड्किलो र समाजलाई बिकृतीतिर जान नदिनका लागि प्रमुख अतिथी तथा बक्ताहरुले सम्बन्धित प्रहरी प्रशासन र सरोकारवालाहरुलाई सचेत रहन अनुरोध गरिएको कुरा जानकारी प्राप्त भएको छ ।
बर्षेनी दशैं जस्ता ठुला चाडहरुमा समाजमा अपराधिक घटनाहरु घट्ने भएकोले सोको न्युनिकरण गर्नको लागि सचेतना जगाउने उद्वेस्यले बुइपा र आसपासका क्षेत्रहरुको नागरिकहरुको उपस्थितीमा कार्यक्रम सञ्चालन गर्ने गरेको वडा अध्यक्ष दिनेशकुमार राईले जानकारी गराएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]