काठमाडौं, २७ कार्तिक । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ५५ वर्षीया हङकङका नागरिक यीवा रहेकी छन् ।
विमानस्थल सुरक्षा कार्यालयले बुधबार २२ः२० मा हङकङबाट ‘कथ्या ड्रागन’ को उडानबाट नेपाल आएकी उनलाई सुनसहित पक्राउ गरेको हो ।
भन्सार एक्सरेमा चेकजाँच गर्ने क्रममा हेण्ड व्यागमा लुकाएर ल्याएको १ किलो परिमाणको सुन भेटिएको प्रहरीले जनाएको छ । घटनाको बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]