खोटाङ,२३–मंसिर । अज्ञात समूहले खोटाङको रावावेंसी गाउँपालिकाको गाडीमा अज्ञात ब्यक्तीहरुले आगजनी गरेका जानकारी प्राप्त भएको छ ।
गए राति १२ बजेतिर गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको घरमा पार्किङ गरेर राखिएको अवस्थामा गाडीमा आगजनी भएको हो ।
बा २ झ ३५२४ नम्बरको सरकारी स्कारपियो पार्किङ गरेकै अवस्थामा अज्ञात समूहद्धारा आगजनी गरिएको गाउँपालिका अध्यक्ष निरौलाले जानकारी दिए ।
उनले भने, “म गाउँपालिकाको कामले राति अवेरसम्म कार्यालयमा वसेर खार्पाको एउटा कार्यक्रम सकेर घर फर्किएको तर, घरमा आउँदा गाडीमा आगो लागीरहेको पाए । ”
एस अघि पनि बिभिन्न ठाँउमा स्काभेटर लगाएत गाडीहरुमा आगजनी भएरहेको र गाँउगाँउमा बिप्लब समुह बाट चन्दा माग्ने कार्यहरु भईरहेको र चन्दा नदिएपछी उनिहरुले धाक धम्की दिएको कारण बिप्लब समुहलेनै आगजनी गरेको हुनसक्ने निर्णयमा पुगेको र अपराधीको खोजीकार्य तिब्र पारिएको खोटाङका प्रमुख जिल्ला अधिकारी बिष्णुहरी उपाध्याय ले जानकारी दिएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]