काठमाडौं,२३–मंसिर । जनप्रतिनिधिमाथि गम्भीर आरोप लगाउँदै कालोमोसो दल्दै दिसापिसाब समेत खुवाउन खोजेको जानकारी प्राप्त भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार केही स्थानीयले दुव्र्यवहार गरेका हान् । उनीहरूले जबरजस्ती प्रजाको मुखमा कालो मोसो दल्दै जुत्ताको माला पनि लगाइदिएका छन् ।
पदीय जिम्मेवारी पूरा नगरेर वा सेवाग्राहीलाई दुःख दिएकोले प्रजालाई दुुव्र्यवहार गरिएको होईन । उनी कानुनले बर्जित गरेको कुरिति र अन्धविश्वासको कारण दुव्र्यवहारको सिकार भएका हुन् । स्थानिय समुहले प्रजामाथी मोसो दल्ने र जुत्ताको माला लगाउने र उनीमाथि बोक्सो भएको आरोप लगाएका छन् ।
स्थानीय उत्तरकुमार गुरुङसहितको समूहले प्रजालाई पहिलेदेखि नै दुुव्र्युवुहार गर्दै आएको थिए । नेपाल कम्युनिष्ट पार्टीबाट वडाध्यक्ष जितेका प्रजाले त्यसलाई खास मतलब नराखेको जानकारी प्राप्त भएको छ ।
गुरूङको समूह लामो समयदेखि गाउँमा गुुण्डागर्दी गर्दै आएको छ । वडाध्यक्षका अनुसार उत्तरकुमार गुरूङका बुवाले उनलाई बोक्सो भएको आरोप लगाएका हुन् । दिसा पिसाब समेत खुवाउने तयारी भइरहेको थियो तर सकेनन् ।
घटनामा संलग्न भएको भन्दै उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमा अनुसन्धानको लागि लगिएको जानकारी प्राप्त भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]