खोटाङ । मदन भण्डारी स्पोर्ट एकेडेमी खोटाङले अन्तरपािलका स्तरिय भलिवल प्रतियोगिता संचालन गर्ने भएको छ । जिल्लाको बुईपा खेलमैदानमा प्रतियोगीताको आयोजना गर्न लागेको एकेडेमीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
खेलकुदको क्षेत्रमा युबाहरुको आकर्षण बढीरहेकोबेला भलिवल खेलको आयोजना गर्न लागिएको एकेडेमीका अध्यक्ष दिनेश साम्पाङले जानकारी गराएकाछन् ।
१ लाख ११ हजार ११ रुपैया राशिको पहिलो पुरस्कार रहेको प्रतियोगिता आगामी पुस १५ गतेदेखि संचालन हुने छ । दोस्रो पुरस्कार ७७ हजार ७ सय ७७ रुपैया रहेको छ । भने तेस्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छन् ।
सान्त्वना स्थान हासिल गर्ने समुहले ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्ने छ । खेलमा विद्यागत उत्कृष्ट खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने कुरा आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]