२० पौष २०७६–काठमाडौं । अर्थ मन्त्रालयमा कार्यरत उपसचिव राजेन्द्र ढुंगानाले सार्वजनिक पदधारण गरेको २६ हाल सम्म २६ वर्ष भयो । २६ बर्षको दौरानमा हाल सम्म चार करोड ६८ लाख ४८ हजार अवैध सम्पत्ति आर्जन गरेको भेटिएको नयाँ पत्रिकाले खबर प्रकाशन गरेकोछ ।
उपसचिव ढुंगानाले सार्वजनिक पदको दुरूपयोग गरी अवैध रूपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । त्यही उजुरीका आधारमा भएको छानबिनमा उनले करिब पौने पाँच करोड अवैध सम्पत्ति आर्जन गरेको भेटिएको हो ।
अख्तियारले ढुंगानाको निजामती सेवा प्रवेश गरेको मिति १९ साउन ०४९ देखि ३२ असार ०७५ सम्मको सम्पत्ति छानबिन गरेको थियो । यस अवधिमा उनले आर्जन गरेको वैध सम्पत्ति ७९ लाख ५४ हजार रुपैयाँ मात्र रहेको अख्तियारले जनाएको छ । तर, छानबिनमा उनीसँग पाँच करोड ३५ लाख रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो । अख्तियारले स्रोत नखुलेको चार करोड ६८ लाख सम्पत्ति ढुंगानाले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको कालोधन ठहर गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले ढुंगानाको गैरकानुनी रूपमा आर्जन गरेको चार करोड ६८ लाख जफत गरी पाउन मागदाबी गरेको छ । साथै, उनकी श्रीमती मधु कोइरालाको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न माग गरेको छ । पदको दुरुपयोग गरी आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमतीको नाममा समेत राखिएको पाइएपछि अख्तियारले त्यस्तो मागदाबी गरेको हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]