दिवश रिजाल खोटाङ ,माघ १२
जिल्लाको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको लिम्चुङबुङ गाउँपालिका जोड्ने झोलुंगे पुल निर्माण भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदे र लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटेको भाते जोड्ने सुनकोसीमा १५८ मिटर लम्बाई भएको झोलुंगे पुल निर्माण गरिएको छ । २०७४ सालमा जगदम्बा निर्माण सेवा हलेसीले पुल निर्माणको ठेक्का लिएको हो ।
१ करोड ९ लाखमा सस्पेन्सन ब्रिज डिभिजन (एसविडि) पुलचोक काठ्माण्डौंको लागतमा निर्माण गरिएको उक्त पुल पुर्वसभाषद पाँचकर्ण राई (पिके)ले रिवन काटेर उद्घाटन गरेका हुन । हालसम्म डुंगा सञ्चालन हुँदैआएको यस स्थानमा झोलुंगे पुल निर्माण भएपछि स्थानीय हर्षीत भएका छन ।
हलेसी तुवाचुङ नगरपालिका वडा नं पांच दुर्छिमका वडा सदस्य फलामसिङं राईका अनुसार उक्त झोलुंगे पुल पुर्व सभाषद राईकै पहलमा निर्माण भएको जानकारी दिएका छन ।
हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, जोर्तीघाट, बाईटार चिपटारमा पनि झोलुंगे पुल निर्माण भइरहेको वताइएको छ । कुर्लेघाट र बाइसेमा पनि झोलुंगे पुल उद्घाटनको तयारी भइरहेको तथा भाटबेँसीको झोलुंगे पुल निर्माणको काम हाल अन्तिम चरणमा पुगेको पुर्वसभाषद राईले बताए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]