दिवश रिजाल माघ १७ खोटाङ
खोटेहाङ गाउँपालिकाकाले आफ्नै कार्यालय भवन सञ्चालनमा ल्याएको छ । निर्माण उपभोक्ता समितिद्धारा निर्माण गरिएको सुविधा सम्पन्न कार्यालय भवन बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिकाको लगानी रु ९२ लाखमा निर्माण गरिएको उक्त कार्यालय भवन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले उद्घाटन गर्नुभएको थियो । आरसिसि ढलान गरिएको आठ कोठे दुई तले कार्यालय भवनमा डिजिटल सूचना बोर्ड समेत जडान गरिएको खोटेहाङ गाउंपालिकाका अध्यक्ष प्रदिप राइले वताए ।
भवनमा गाउँपालिका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत छुट्टाछुट्टै शाखा स्थापना गरिएको छ । सेवाग्राहीका लागि पतिक्षालय समेत निर्माण गरिएको उक्त कार्यालय भवनमा छुट्टाछुट्टै पाँच वटा सौचालय समेत रहेका छन ।
९ वटा वडा रहेको खोटेहाङ गाउँपालिकामा ६ वटा वडा कार्यालयको भवन समेत निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको अध्यक्ष राईले जानकारी दिनुभयो ।
गाउँपालिकाले निर्माण गरेको उक्त आरसीसी नयाँ कार्यालय भवन थोरै रकममा गुणस्तरीय र बहुउपयोगी भएको स्थानिय सरोकार वालाहरुले औल्याएका छन । कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दंगाल, जिल्ला सचिवालय सदस्य राजन बञ्जरा, खोटेहाङ गाउँपालिका पार्टी अध्यक्ष राजन ढकाल, नेपाली काँग्रेसका खोटेहाङ गाउँपालिका प्रेम थापा, वडा नम्बर–७ का वडाध्यक्ष शिवप्रसाद फुयाँल, भगवती क्याम्पसका क्याम्पस प्रमुख कुमार पराजुली लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गाउँपालिकाको कार्यालय आफ्नै सुविधा सम्पन्न भवनमा सञ्चालन आएपछि दैनिक कामकाजमा समेत सहज भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । गाउंपालिकाको आफ्नो भवन नहुदा गोर्खा वेलफियरले उपलब्ध गराएको भवनमा कार्यालय सञ्चालन गद्रै आइरहेको थियो ।
१० स्थानीय तह रहेको जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका आफ्नै कार्यालय भवनमा सञ्चालन हुने चौथो स्थानीय तह हो । यसअघि हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नो कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ ।
जिल्लाको एक नगरपालिका र ६ वटा गाउँपालिका अझै भाडाकै घरमा सञ्चालन भइरहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]