२१ माघ२०७६– काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य बनेकी सांसद पार्वता डिसी चौधरीविरुद्ध संघीय संसद सचिवालयमा ठगी गरेको भन्दै उजुरी परेको छ ।
दाङका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले चौधरीले आफूहरुसँग एक पटक ३ लाख र पुनः ५ लाख गरी ८ लाख रुपैयाँ लिएको, तर उक्त ।कम फिर्ता नगरेको भन्दै संसद सचिवालयमा उजुरी दर्ता गरेका छन् ।
बाँके जिल्लाका तत्कालिन गढवा गा.वि.स.पार्टी सभापती समेत रहेका कृष्णराज पाण्डे र थापाद्वारा दर्ता गरेको उजुरीमा सांसद चौधरीले २०७४ सालमा शुरुमा ३ लाख र पछि ५ लाख गरी ८ लाख रुपैयाँ लिएको, तर पटक पटक फिर्ता गर्न आग्रह गर्दा पनि अटेर गरेकोले उजुरी गर्नु परेको उनिहरुले बताएकाछन् ।
रकमको फिर्ताको विषयमा नेपाली काँग्रेस पार्टी भित्रै पनि पटक पटक उजुरी तथा गुनासो दर्ता गराउँदा पनि कुनै उक्त बिषयमा कुनै सुनुवाई नभएको उनीहरुको दुखेसो रहेकोछ ।
उजुरीमा सांसद चौधरी आफूहरुको सम्पर्कमा आउन नचाहेको कुरा उल्लेख गर्दै उनलाई सम्बन्धित निकायले झिकाएर आफ्नो रकम दिलाइदिन माग गरिएको उजुरी पर्न आएको विश्वस्त श्रोतबाट जानकारी प्राप्त भएकोछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]