२२ माघ २०७६ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सीआईबीले कर्मचारीहरुले भूमाफियासँग मिलेर बालुवाटारको जग्गा विक्री गरेको प्रतिवेदन सरकारलाई बुझाएपछी अख्तियारले अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, कांग्रेसका उपसभापति विजयकुमार गच्छदार लगायत १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
सीआईबीले दिएको प्रतिवेदनको आधारमा अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारले बालुवाटारको २ सय ९९ रोपनीमध्ये १ सय १४ रोपनी सरकारी जग्गा ब्यक्तिको नाममा रजिष्ट्रेशन भएको थाहा पाएपछी भ्रष्टाचार सम्बन्धि सरकारले छानबिन शुरु गरेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]