२४ माघ २०७६–काठमाण्डौ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा भ्रष्टचार प्रकरणमा आफ्नो पार्टीका नेता नेपाली काँग्रेसका उपसभापती तथा काँग्रेस संसदिय दलका उपनेता बिजयकुमार गच्छदारलाई प्रतिशोध र बदनियतपूर्ण ढंगले फसाउनलाई मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेसका भ्रातृ संगठनहरू विरोधका लागि सडक आन्दोलनमा उत्रिएकाछन् ।
काँग्रसको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलका नेता तथा कार्यकर्ताले शुक्रवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नेविसंघ अध्यक्ष राजीव ढुंगाना, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायत सहभागी भएका थिए ।
अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध ९ करोड ६५ लाख बिगो दाबी गर्दै विशेष अदालतमा बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
गच्छदारलाई मुद्दा लगाइएको विरोधमा प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीवार र शुक्रवार प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको समचार प्राप्त भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]