दिवश रिजाल
२८ माघ २०७६–खोटाङ । जिल्ला स्थीत प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइ मकै जोन खोटाङका वरिष्ठ कृषि अधिकृत डा. मणिरत्न अर्यालले कृषकले माग गरेमा मलासेस घांस कार्यालयका तर्फवाट वाड्न आतुर रहेको वताएकाछन् ।
खोटाङ जिल्लामा मकै जोन लगायत खाद्यन्न वालि कार्यक्रममा कतिपय स्थानमा वादरका कारण किसानहरु हैरान परेका छन् । वांदर आतंकका कारण लगाएको मकै सुत्ला नच्याप्दै वांदरले दुख दिने गरेको छ ।
किसानहरुको मागलाई ध्यानमा राखेर यदि किसान वर्गले वांदर आतंकवाट वच्नको निम्ति मलासेस घांस माग गरे भने कार्यालयको तर्फवाट वाड्ने पतिवद्धता रहेको अधिकृत अर्यालले वताएकाछन् । उक्त मलासेस जातको घांस खाद्यन्न वालि लगाएको वरिपरि घेरावारा लगाएजस्तै लगाउन सकिन्छ । यो घांस लगाएको ठांउमा वांदर आएर छोएमा वांदरको जिउमा जुका टांसिए जस्तै टांसिने र वांदर तर्सिएर भाग्ने गर्दछ ।
जिल्लाका दुई नगरपालिकामा लागु भएको मकै जोन कार्यक्रम दिक्तेल रुपापोट मझुवागढी नगरपालिकाको वडा नं एक, दुइ, तीन, चार, पांच, छ, सात, आठ, नौ, तेह्र, चौध र पन्ध्र नं वडामा लागु छ भने हलेसी तुवाचुङ नगरपालिकाका पांच , सात , आठ र दश नं वडामा लागु भैरहेको छ ।
आर्थिक वर्ष २०७६÷७७ को कुल वजेट सांढे दुइ करोड भन्दा वढी रहेको छ जसमा उपभोग खर्चमा एकसठी लाख अन्ठनव्वे हजार रहेको छ भने कार्यक्रम खर्च शिर्षकमा एक करोड अठासी लाख असी हजार रुपैया वजेट विनियोजन गरेको छ । २०७३ सालमा लागु भएको मकै जोन कार्यक्रम अहिले आएर कृषिमा आधुनिकिकरण लागु गरिसकेको छ ।
कार्यक्रमले विभिन्न किसिमका यन्त्र उपकरणहरु समेत कृषकहरुलाई हस्तांन्तरण गरिसकेका जसमा मिनिटिलर हाते ट्याक्टर, मकै रोप्नको लागि ज्याप प्लान्टर, मकै छोडाउने मेसिन,मकै गोड्ने मेसिन, तौलने मेसिन लगाएतका आधुनिक उपकरणहरु कृर्षक समुहहरुलाइ वितरण गरिसकिएको कार्यालय श्रोतले वताएको छ ।
परियोजनाको मकैजोन कार्यक्रम लागुभएका क्षेत्रहरुमा उन्नत जातका मनकामना तीन, चार, देउती र पोसिलो गणेश एक जातको मकैको बिऊ वितरण गरिएको कार्यालयका श्रोत व्यक्ति हरि प्रसाद आचार्यले जानकारी दिएकाछन् । मकैको मुल विउ र प्रजनन बिऊ धनकुटावाट आएको श्रोत व्यक्ति आचार्यको भनाई रहेको छ ।
मकै जोनका कृषक समुहवाट आएको विउ उपचार गरेर के.जीको असी रुपिया पर्ने उक्त मकै पचास प्रतिशत अनुदानमा वितरण गरिने अधिकृत अर्यालले जानकारी दिए । स्थानीय वजारमा मात्र खपत हुने मकै यस वर्ष तीन हजार पांच सय के.जी वितरण गरिने छ । जसमा हाल सम्म वाह्र सय के.जी मकै को बिऊ वितरण गरिसकेको कार्यालयले जानकारी दिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]