दिवस रिजाल फागुन २३ खोटाङ
मेरो गणना, मेरो सहभागिता भन्ने मुल नाराका साथ आज राष्टिय« जनगणना २०७८ को सन्दर्भमा जिल्ला स्तरीय अन्तरकृृृया गोष्टि सम्पन्न भएको छ । दिक्तेलको होटल शुभदिनमा भएको अन्तक्र्रिया गोष्टिमा राष्ट्रिय जनगणना २०७८ मा क्षेत्री,ब्राम्हणहरुको पनि जातित्व छुट्याउनु पर्ने भनी समाजवादी पार्टी खोटाङका अध्यक्ष टंक थापाले माग राखेका छन् । उनले भने क्षेत्री,ब्राम्हणहरुमा पनि विभिन्न जाती ‘थर’ रहेकोले यस्मा जातित्व छुट्याईनु पर्ने वताए ।
यता जनजाती महासंघका अध्यक्ष हातिराम राईले राईहरुमा जातित्व विभाजन गरिदा राईहरुको संङख्या कमहुंदै गएको गुनासो पोखेका छन् । उन्का अनुसार स्थानिय तहदेखि केन्द्रिय तह सम्म यस विषयमा सम्वन्धित निकायको ध्यान जान जरुरी रहेको वताएका थिए ।
वैदेशिक रोजगारिमा गएकाहरुको पनि जनगणना गर्नु पर्ने साथै जनसँख्याको आधारमा विदेश पलायन हुनेको गणना नलिनु दुर्भाग्य भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले वताए । वैदेशिक रोजगारिमा गएका तर फर्कने गरि गएका ति मानिशहरुको पनि गणना नभए यस्ले सामाजिक, राजनैतिक र आर्थिक रुपमा निकै प्रभाव पार्ने जिकिर गरे,“कुनै जाति वर्ग धर्म समुदाय इत्यादी नछुटोस भनेर जुन जनगणना आउन करिव डेढ वर्ष वाँकि छदा आज यो कार्यक्रमको आयोजना गरियो यो एकदमै उपलव्धि मुलक भएको दावी गरे । यता प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेेलका अनुसार जिल्लाका हरेक पालिकामा एउटा ईकाइ खडा गर्नु पर्ने वताएका थिए । हरेक जिल्ला क्षेत्रफलका आधारमा साना ठुला रहेकोले खोटाङ जिल्ला अरु जिल्ला भन्दा केहि मात्रामा ठुलो हुन गएकोले कोहि वर्ग समुदाय नछुट्नको निमित्त हरेक पालिकामा एउटा ईकाइ खडा गर्ने पर्ने प्र.जि.अ पााैडेेेलले बताए।
यस्तै जनगणना २०७८ मा जनप्रतिनिधिलाई पनि संगै समेटेर अघाडि वढ्नु पर्ने सहभागि वक्ताहरुले औँलाएका थिए । उनिहरुका अनुसार गणना गर्दा सवै वर्गलाई समेटेर जनगणना गरिनुपर्ने वताएका थिए । यस्तै दलित जनजातिका कुरा पनि गोष्टिमा उठेका थिए । उनिहरुको पनि जातित्व छुट्याउनु पर्ने भनि सहभागि पर्शुराम वि.कले वताए । उनले भने दलित समुदायको थर यकिन गरेर नराखिँदा दलितहरुको अस्तित्व हट्दै गएको वताएका थिए ।
राणा प्रधानमन्त्री चन्द्रसमशेर राणाको पालादेखि जनगणनाको शुरुवात गरिएको थियो । १९६८ सालदेखि आएर जनगणना हरेक १०,१० वर्षमा गरिन्छ । तथ्याङ्क विभागले भने २०१८ साल पछाडिका गणना मात्र गर््दैै अाएकाे राष्ट्रिय योजना आयोग तथ्याङ्क कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत शिवनारायण महतोले वताए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]