१३ चैत्र २०७६–खोटाङ । जिल्लामा आपतकालिन द्रुत प्रतिकार्य टोली (आरआरटि) गठन भएको छ । सामाजिक विकास मन्त्रालयको परिपत्र अनुसार पब्लिक हेल्थ नर्स उर्मिला राईको संयोजकत्वमा नौ सदस्य टोली गठन भएको जानकारी प्राप्त भएको छ ।
ऋापतकालिन उद्दार टोलीको सदस्यहरुमा मेडिकल अधिकृत सत्रुधन यादव, अहेव सुनिल प्रसाद दाहाल, अहेव सन्तोष दाहाल, ल्याव टेक्निसियन अधिकृत विमल कुमार देव, स्टाफ नर्स उर्मिला वजिमय, स्टाफ नर्स यूकि राई, तथ्यांक सहायक भिष्म पाण्डे र कार्यालय सहयोगी डिल्ली बहादुर बस्नेत रहेको संयोजक राईको भनाई रहेको छ ।
आपत्कालिन अवस्थामा उद्धार कार्य, उपचार गर्ने, महामारी रोग नियन्त्रणमा आवश्यक परेको कामहरु गर्ने टोलीको दायित्व हुने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताए ।
टोली कोरोनासँग मात्रै सम्बन्धित नभएर सवै किसिमको महामारी नियन्त्रण गर्ने टोली हो । सिग्देलले सिंगदेलको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]